Online Nepal आइतबार, बैशाख ३० २०८१

यि युवती जसको चाहाना प्रेमीको किड्नी खाने र रगतले नुहाउने छ, आखिर किन ?

यि युवती जसको चाहाना प्रेमीको किड्नी खाने र रगतले नुहाउने छ, आखिर किन ?


मध्यान्तर
  • मंगलबार, पुष २४ २०७५

  • काठमाडौं । संसारमा विचित्र किसिमका मान्छेहरु हुन्छन् । यहाँ सबैको आ-आफ्नो चाहाना हुन्छ । यस्ता चाहानाहरुकै कारण अनेक किसिमका अचम्मका घटनाहरु घटेका छन् । जसले बेलाबेलामा एक चोटी सोचमग्न पारिदिन्छ ।
    यस्तै एउटा घटना अमेरिकामा घटेको छ । अमेरिकाको फ्लोरिडा भन्ने ठाउँकी एक युवतिले आफ प्रेमीलाई मारे रगत खाने चाहाना राखेकी छिन् । यस्तो चाहाना राख्ने युवति हुन् । ज्याकलिन एडिस । उनको एक डेटिङ साइटमा भेट ज्याकलि भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग ।

    तर, यहाँ कुरा अचम्मको भयो । उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात्नलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।

    करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः

    ‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’
    ‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’

    यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् । एकपटक त ज्यालिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् । जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे । उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार