Online Nepal बिहिबार, बैशाख २० २०८१

चलचित्र ‘प्रेमलीला’को ट्रेलर एक कार्यक्रम गरि सार्वजनिक

चलचित्र ‘प्रेमलीला’को ट्रेलर एक कार्यक्रम गरि सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • काठमाडौं । नेपालील चलचित्र ‘प्रेमलीला’को ट्रेलर एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । ट्रेलर शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

    अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ ।

    एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।
    चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

    चलचिमा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको छ । उक्त चलचित्र फागुन १० गते देखि प्रदर्शनमा आउने छ ।

    प्रतिक्रिया
    थप समाचार