Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

साँच्चै म महिला हुँ (कविता)

साँच्चै म महिला हुँ (कविता)


शारदा शर्मा
  • आइतबार, माघ २० २०७५

  • साँच्चै म महिला हुँ।
    सांच्चै म महिला हुँ आउ म संग लभिड टुगेदर गर।
    म महिला हुँ चाहे बिहे गर या त्यसै छोड।
    तिमीलाई जन्माउने, तिमीलाई हुर्काउने
    दुध चुसाउने पालन पोषण गर्ने।
    सांच्चै म महिलानै हुँ।

    आउ मेरो मजाक बनाउ,मलाई चिथोर कोपर
    अनि सन्न्तुष्टि प्राप्त गर।
    तिम्रो औँला समाएर चल्न सिकाउने
    तिम्रो दुखमा परेली भिजाउने।
    आउ मलाइ खन्जार प्रयोग गरेर घाइते बनाउ
    शब्द प्रहार गरेर बिक्षिप्त बनाउ।
    सांच्चै म महिलानै हुँ ।

    जस्को कोखमा तिम्रो निर्माण भयो
    नौ महिना तिम्रो अंकुर मेरो पेटमा रयो।
    म संग संगै हास या मलाई हजार धोखा देउ
    अनेक यातना दिएर सांच्चै मेरो प्राण लेउ।
    आउ म माथि अन्याय गर, म माथि अत्याचार गर ।
    म महिलानै हुँ ।

    जस्ले तिमीलाई धर्तिमा ल्यायो।
    आउ मन लागुन्जेर उपभोग गर
    मन लाग्दैन त्यसै छोड।
    म हरेक पिडा सहन सक्छु
    जस्तो प्रतिकुलतामा पनि रहन सक्छु।
    किनकी म महिला हुँ।

    म आफुजस्तैलाई पीडा दिन पनि सक्छु
    अनेक सफत लिन पनि सक्छु।
    कस्तो देख्न चाहान्छौ मलाई ?
    म अबला बन्न पनि सक्छु,
    आफुलाई महाकाली हुं भन्न पनि सक्छु।
    आवश्यक परेमा तिम्रो लागि
    आफ्नै प्राण दिन पनि सक्छु।
    अत्याचारले थिलो थिलो पारिंदा
    तिम्रै ज्यान लिन पनि सक्छु।

    संच्चै भ्रममा नपर महासय
    आउ हेर!
    सांच्चै म महिला हुँ।

    लेखकः शारदा शर्मा

    प्रतिक्रिया
    थप समाचार