Online Nepal शनिबार, बैशाख १५ २०८१

नानी दमाईहरुको थुक चल्ने, पानी नचल्ने कस्तो व्यवस्था हो यो ? : अध्यक्ष हरिचरण शाह

नानी दमाईहरुको थुक चल्ने, पानी नचल्ने कस्तो व्यवस्था हो यो ? : अध्यक्ष हरिचरण शाह


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • नेपाली राष्ट्रिय जनता दलले समाजबाद र मानवताबादको नारालाई अगाडि सारेर जनताको विचमा आएको एक राजनितीक दल हो । नेपाली जनतालाई राजनितीक अधिकार दिएर पछाडि पारिएका वर्गको अधिकार सुनिश्चितताक लागी जनता दलले काम गरिरहेको छ । जनता दलले दुईवटै संविधानसभा चुनावमा एक–एक सीट जितेको थियो । नेपाली जनता दलको तर्फबाट पहिलो संविधानसभामा गायत्री शाह र दोस्रो संविधानसभा चुनावमा पार्टि अध्यक्ष हरिचरण शाह सांसद बनेका थिए ।
    अबको १५ वर्ष पछि राष्ट्र अध्यक्ष आफ्नो पार्टिबाट उठाउने लक्ष्यका साथ तिब्र गतिमा राजनितीक गतिविधि तर्फ लागी रहेको नेपाली जनतादलले राष्ट्रको प्रमुख पार्टिमा ल्याउन संघर्ष गरिरहेका पार्टि अध्यक्ष हरिचरण शाहसंग हामीले पार्टिका पछिल्ला गतिविधिहरु बारे तामाकोशी सन्देश साप्ताकिका संवाददाता लाल ब. विकले गरेको कुराकानी…

    तपाई दोलाखाबाट चुनाव जितेर सिंहदरवार छिरिसक्नु भएको मान्छे । २०७२ सालमा दोलाखामै भुकम्प गयो । दोलाखालाई मद्दत गर्नुभयो ?
    – २०७२ सालको भुकम्प पश्चात मैले दोलाखाका भुकम्प पिडितहरुलाई आफै पुगेर राहत उपलब्ध गराएको छु । विभिन्न समयमा मैले दोलाखा बासीलाई भुकम्प पछिको पुन निर्माणको बारेमा पनि आवाज उठाउदै आएको छु । मैले २०६४ को चुनाव समेत दोलाखा क्षेत्र नम्बर २ बाटक लडेको थिए । दोलाखा बासीको ठुलो गुन छ मेरो जीवनमा जसलाई मैले तिर्ने प्रयत्न गरिरहेको छु । उनीहरुको अथक मेहेनतले म यहाँ पुगे । उहाँहरुको अमुल्य भोटले मलाई ०६४ मा संसद भवनको ढोकामा फेरी उभ्यायो । अझै मलाई लाग्छ मैले उहाँहरुले अपेक्षा गरेजति त गर्न सकेको छैन् होला । प्रयासमा छु । अझपनि दोलाखा बासीको माया पाउने अपेक्षा गरेको छु ।

    भुकम्प पछि पुन निर्माणका कामहरुको गति के कसरी अगाडि बढि रहेको छ ? कसरी बढ्नु पथ्र्यो भन्ने यहाँलाई लागेको छ ?
    – म तराईमा जन्मे हुर्केको मान्छे हुँ । यसैले मर्ला तराईको सबै समस्याहरु थाहा छन् । सबैले तराईमा जन्मिनेलाई तराईको पिँडामात्र थाहा हुन्छ सोच्छन् । तर, मलाई पहाडको पिँडा पनि राम्ररी थाहा छ । मैले भुकम्प पछि दोलाखामा राहत लिएर जाँदा यसको अनुभव मैले नजिकैबाट नियालेको छ ।

    २०७२ मा प्राकृतिक भुकम्प मात्र नभई राजनितीक भुकम्प पनि चर्किरहेको अवस्था थियो । राजनितीकै कारण मुलुक अस्थिर थियो । त्यो बेला म संसदमा एक्लो बृहस्पति जस्तो भएको थिए । ६०१ जना संसदहरु मध्य म एक्लो थिए । त्यो बेला मैले ५३ बुँदे संसोधन प्रस्ताव समेत पेश गरेको थिए । जसमा ४ बुँदामा भोटिङ समेत गराए । त्यो बेला मलाई थाहा भयो । नेपालमा अझैपनि राजाकालिन र राणा कालिन शासकहरु ज्युदै रहेछन् । नेपालबाट राजा र राणालाई त हामीले हटायौ । तर, राजाका ति भरौटेहरुको विचमा रहेको ह्यांग ओभर हटाउन सकेनौ । अहिले पनि त्यो ह्यांगओर उस्तै छ । उनीहरुले त्यो बेला हाम्रा संसोधनलाई फेल गराए । हाम्रा बुँदाहरुमा ६–७ भोट पर्यो । बाँकि भोट हाम्रा विपक्षमा उभिएकाहरुकोमा मत परे । उनीहरुले राजनितीको द्वन्द अझै शान्त पार्न सकेका छैनन् । जव सम्म सामाजिक न्यायमा आधारित मुलुक नोल बन्न सक्दैन तब सम्म नेपालको विकाश हुन सक्दैन् ।

    नेपालमा जातियताको भंग भई मानवता बादी सोच जब सम्म हुदैन् । तब सम्म नेपालको विकाश र समृद्धि हुन सक्दैन् । यसैले नेपाललाई मानवताबादी संविधानको आवश्यकता छ । मानवताबादी संविधान लेखिन जरुरी छ । मुलुकको राजनितीक भुकम्प शान्त पार्नको लागि पनि मानवताबादी सोच र चिन्तन हुन जरुरी देखिन्छ ।

    तपाईले आफ्नो पार्टिको नारा नै जनताबाद र मानवताबाद बनाउनु भएको छ । खास यो मानवताबाद भनेको के हो ? स्पष्ट पारिदिनुन् ।
    – मानवतबाद भनेको सबैभन्दा पहिले त जनताले गास बास कपाससमान तरिकाले पाउनु हो । वर्गीय सिद्धान्तको हिसाबले मैले २४ वर्ष कम्युनिष्ट पार्टिमा काम गरेको मान्छे हो । तर, अहिले कमाउनिष्ट भएर पहिलेकै शासन सत्ता तिर ढल्किएर गएका छन् । १२ वर्ष जनयुद्ध चलाएर १२ वर्ष शान्तिको नाममा जनतालाई अल्झाईएको छ । फेरी उहि पुरानै शासन सत्तामा फर्किए । गरिब निमुखालाई तपाई आफ्नै राज्य सत्ता पाउछै भनेर अहिले सत्ताको लोपमा केपी ओलीसंग ह्यान्ड सेक गरे । धमेशको राजनितीमा पनि यी अहिले ठुला पार्टिहरुले राजनितीको नाममा दलाली गरिरहेका छन् । मधेशी जनताको जीवनसंग खेलि रहेका छन् । २६ जना मधेशीलाई सहिद बनाएर अहिले फेरी सत्ताको लोपमा दौडिएका छन् । मधेशी पार्टिहरु पनि उनीहरुकै पछि लागि परेका छन् ।

    राज्यको लाभमा रुमलिएका राजनितीक दलहरुले मधेशी पहाडि भनेर दुईटैलाई एक आपलसम लडाएर अहिले कमाईखाने बाटो मात्र बनाएका छन् । साम्प्रदायिक भोटबाट राष्ट्रबादिको नाममा र मधेशको नाममा राजनिती गर्नेहरुले हात मिलाएर शासन गरिरहेकाछन् । भारत र नेपाल विच नाकाबन्दि गरेर यिनिहरुले नाटक रचे । संविधान लेखेर। दलित जनजातिहरुलाई अन्यायमा पारे । जातियता अझ काएम राखे । संविधानमा अझ स्पष्ट पारे जातियता छुट्याए । देश निर्माताको खोल ओढेकाहरु पनि जातियता काएम राखेर मरेर गए । जातिय विभेदको सिमार भईरहेका नेपालीलाई जवसम्म राजनितीक अधिकारदिईदैन तब सम्म उनीहरुले अधिकार पाउदैनन् । यसैले हामी जातियत मेटाउनको लागी समाजबादको दृष्टिकोण लिएर । २५ वर्ष देखी जनताको लागी संघर्ष गरिरहेका छौ । मधेशका निम्ति हामीले आन्दोलन गरिरहेका छौ ।

    तपाई मधेशमा जन्मिएको मान्छे । मधेशको माग के हो ? यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
    – म मधेशमा जन्मिएको हो । कक्षा १० सम्मको अध्यायन पनि उतैबाट गरेको हो । बाकि ईञ्जिनेरिङको पढाई मैले काठमाडौंबाट गरेको थिए । त्यसपछि मेरो जागिर र राजनिती पनि मैले पहाडबाट गरे । चुनाव पनि पहाडि जिल्ला दोलाखाबाटै लडेको हो । यो मद्येशी पहाडिविच भिन्नता गराएर होईन । हामी समानताको हकको लागी शान्तिपुर्ण लडाई लड्न पर्छ भनेर हो । मधेशकै मान्छे मद्येशको भित्र जुन समस्या छ । त्यो समस्या लिने हो। २०४६ सालको आन्दोलन पछि मद्येशका मसीहा भन्ने गजेन्द्र नारायण सिंहले पार्टि खोलेको थियो । २०५० ताका नेकपा संजुक मानन्धरलाई छोडेर जितेन्द्र देव, महेन्द्र राय, निलम्बर आचार्य, भिम बहादुर श्रेष्ठ जस्ता दल बदलुहरुले एमाले तिर लागेपछि हामीले कम्युनिष्ट सत्ताले केहि गर्दैन भनेका थियौ । मद्येश होस या हाडमा होस हामीले सामाजिक न्यानमा आधारित बहुजन हित, बहुजन सुखमा आधारित संविधान निर्माण हुनुपर्छ । मधेश भित्र जातिय व्यवस्थाको द्वन्द छ। त्यसमा गजेद्र नारायण सिंहले जुन काम गरेका थिए समग्र मधेशअधिकारको लागी पार्टि खोलेका थिए। तर, मद्येश भित्र जुन द्वन्द थियो त्यसको बारेमा उहाँलाइृ चिन्ता थिएन् ।

    त्यहाँका धार्मिकहरु, जमिनदारहरु, सामन्ति सोचका शासक मुकेशर सिंह, प्रभुनाथ झा, विमलेन्द्र निधि, फत्तेसिंह थारु लगायतले सामन्ति सोचका शासकहरुले सामन्ति सोचका शासकहरुलाई मात्र चुनावमा भोट दिएका थिए । राजनितीक अधिकारमा त्यहाका दलितहरुलाई पछाडि पारिएको थियो । गरिब जनतालाई राजनितीक चेतना दिईएन् । त्यकारणले नेपाली जनतादल २०५० सालमा खोलेका थियौ । आज २५ वर्ष भयो । नेपाली जनता दलको सामाजिक न्यायको क्षेत्रमा काम गर्न थालेको छ । हामीले जातिय विभाजन गराएर भोट माग्नेहरुलाई झापड दिएका छौ । ति ब्रह्मबादी सत्ताधारीहरुलाई टक्कर दिई रहेका छौ । हामीले कोहि एक जाति रसमुदायको लागी हैन् । सबैको लागी दल खोलेका छौं । उक्त लको नाम हो नेपाली जनता दल ।

    नेपाली जनता दलले २५ वर्षको अन्तरालमा के कस्ता सामाजिक पविर्तनका कमहरु गर्यो ?

    –नेपाली जनतादल समाजमा भईरहेको न्याय अन्यायको क्षेत्रमा काम गर्ने एक सुद्ध पार्टि हो । जातिय तथा छुतअछुतको कुराहरुमा आवाज उठाउने पार्टि हो । नेपालमा कृस्चियनिटीको कारोबार बढ्दै गएको छ । त्यो हुुनुको प्रमुख कारण भनेको हिन्दुहरुमा रहेको विवाद हो । पेशागत कुराहरुलाई छुत र अछुतमा विभाजन गरेर मद्येस पहाडमा नानी दमाईहरुको थुक चल्ने । तर, पानी नचल्ने भनेपछि कस्तो व्यवस्था हो यो ? यसकारण म भन्न चाहान्छु राजनितीक दल यस्तो हुनुपर्छ । जसमा सबैलाई समेटेरकसरी अगाडि लग्ने भन्ने चिन्तन हुनुपर्छ । एउटै जाति र समुदायको वर्चस्वले सबैलाई न्याय दि सक्दैन् । यसले गर्दा द्वन्द भईरहन्छ । तर, माओबादीहरुले सबैलाई मारे, मरे द्न्द मच्चाए । अहिले सत्तासिनमा ति ब्राहमण बादि सोचका मान्छेहरु पुगे । प्रचण्डपथमा पनि ब्राहमण सोच नै रह्यो । यसकारण नेपाली जनता दलको लक्ष्य सबैलाई समान अधिकार दिलाउनको निम्ति लागेको पार्टि हो । राजनितीक अधिकार जब दिलाउछौ । तब न्याय पाउछ र देश विकाशको गतिमा जानेछ । देशमा आन्दोद हुनेछैन् । आन्दोलन हुनेछ । त केवल विकाशको आन्दोलन हुनेछ । यसकारण हामी सामाजिक न्यानको कार्यक्रममा लागेका छौ ।

    नेपाली युवाहरुलाई नेपाल फर्काउने योजना हामीले सुसिल कोईराला नेतृत्वको सरकारलाई दिएका थियौ । तर, टेरेनन् । हामीले पुर्व मेचि देखी पश्चिम महाकाली सम्म पाँच हजार किलोमिटरको नयाँ नदि निर्माणको योजनाको खाका पठाएका थियौ । त्य नदि पुर्व मेचि देखि पश्चिम महाकाली सम्मको उच्च हिमाली क्षेत्रमा निर्माण गर्ने योजा थियो । जसमा विदेशी रहेका युवाहरुलाई लगायौ भने नेपालको कुनैपनि लगानी खेर जादैन थियो । हामीले विदेशीएका युवाहरुको शेयर बाड्दै लगानी धेरै नगर्ने सोच बनाएका थियौ । यसले नेपालको समग्र विकाश समेत हुनेथियो । राजनितीक लक्ष्यका लागी हाम्रो पार्टिले काम गरिरहेको छ । अबको १५ वर्ष भित्रमा आफ्नो कार्यकारी प्रमुख सरकारमा पठाउने लक्ष्य लिएको छ ।
    साभारः तामाकोशी सन्देश साप्ताहिक

    प्रतिक्रिया
    थप समाचार