Online Nepal शुक्रबार, बैशाख १४ २०८१
अन्तरवार्ता

केहि बर्षभित्रै नेपाल सिमेन्टमा आत्मनिर्भर हुन्छ

केहि बर्षभित्रै नेपाल सिमेन्टमा आत्मनिर्भर हुन्छ

उपभोक्ताको लागि जहाँपनि जहिलेसुकै सिमेन्ट उपलब्ध गराउन उद्योग सक्षम छ


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०७५

  • नवल किशोर शाह
    डेपुटी जनरल म्यानेजर (डिजिएम)
    उदयपुर सिमेन्ट उद्योग

    मानिसलाई जन्मने वित्तिकै चाहिने भनेको गाँस वास र कपास हो । यसको लागि मान्छेले जिवनभर संघर्ष गरिरहन्छ । वासको लागि घर मानिसको आधारभूत आवश्यकता नै हो । आधुनिक जमानाको घर निर्माण त झन् मानिसको सपना नै हो र यसको लागि सिमेन्ट प्रयोग अभिन्न पाटो भइसकेको छ । सिमेन्टविना मानिसले एउटा राम्रो र बलियो घर बनाउने कल्पना गर्न सक्दैन । त्यसको पुर्णताको लागि गुणस्तरीय सिमेन्ट उसको पहिलो प्राथमिकता हुन जान्छ । न्यून गुणस्तरको सिमेन्ट प्रयोगबाट उसको जीवनभरको कमाई र सपना खेर जान सक्ने हुँदा आफ्नो सपना साकार पार्नको लागि गुणस्तरीय सिमेन्टको आवश्यकता पहिलो शर्त हुन्छ । विकास निर्माणमा पनि सिमेन्ट नै पहिलो स्थानमा आउँछ । सरकारले पनि सिमेन्ट उत्पादन र प्रयोगलाई मानविय संवेदनासँग जोडेर हेरेको छ । त्यसैले नेपाल गुणस्तरचिन्ह प्राप्त गरेपछि मात्रै सिमेन्ट उत्पादन गर्न पाइने नियम लगाएको छ । यसै परिवेषमा मानिसको जीवनसँग जोडिएको र सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले पु¥याएको योगदानको विविध विषयमा केन्द्रित रहेर ३० बर्षदेखि कार्यरत उद्योगका डेपुटी जनरल म्यानेजर (डिजिएम) नवल किशोर शाहसँग गरेको कुराकानीः

    राज्यको लगानी रहेको उद्योगहरु प्रायः बन्द भइसकेका छन् तर उदयपुर सिमेन्ट उद्योग राम्रैसँग चलिरहेको छ भनिन्छ, कस्तो छ यसको अवस्था ?
    उद्योग स्थापना गरिसकेपछि त्यसलाई चलाउन बलियो व्यवस्थापन चाहिन्छ । हामीले अहिलेसम्म उदयपुर सिमेन्टलाई सहि व्यवस्थापन गर्दै आएका छौं । यसै कारण पनि उद्योगमाथि सबैको भरोसा र विश्वास छ । बार्षिक २ लाख चौंसठ्ठी हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले पुरा क्षमतामा उत्पादन गर्न नसकेपनि पछिल्लो समय झण्डै ५० प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन गर्दै आएका छौं ।

    उदयपुर सिमेन्ट भनेपछि उपभोक्तामा पनि छाप परेको छ, यसको उत्पादन र विक्रिवितरण कस्तो छ ?
    उद्योगको क्षमता अनुसार पुरा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौं । तरपनि बजारको माग र प्रतिश्पर्धाको आधारमा हामिले उत्पादनलाई बढाउँदै लगेका छौं । हामीसँग बार्षिक २ लाख चौंसठ्ठी हजार टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता भएपनि विस्तारै उत्पादनमा बृद्धि गर्दै गइरहेका छौं । यस बर्ष उद्योगले १ सय २३ हजार टन सिमेन्ट उत्पादन गर्न सफल भयो भने २४ लाख बोरा सिमेन्ट बिक्रि ग¥यौं । गत बर्षहरुमा १५ लाख, १६ लाख, १८ लाख, १९ लाख वोरा सिमेन्ट बिक्रि हुने गथ्र्यो । उत्पादनलाई क्रमशः बढाउँदै लैंजादा १५/१६ बर्षपछि यो उपलब्धि हासिल गर्न सकेका छौं ।

    उद्योग स्थापनाको तीन दशकपछि भर्खर ५० प्रतिशतको हाराहारिमा मात्रै सिमेन्ट उत्पादन भएको छ, कहिलेसम्म उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सक्ला ?
    उद्योग स्थापनाको लामो समयपछि हामीले उत्पादन क्षमताको ४६ प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन गर्न सक्यौं । यो ठूलै उपलब्धि हो । कुनै पनि उद्योगले एकैचोटी पूर्ण क्षमतामा उत्पादन गर्न कठिन हुन्छ । हामी पनि विस्तारै उत्पादन क्षमता बृद्धि गर्दै गइरहेका छौं । आगामी बर्ष ५० प्रतिशत भन्दा माथि उत्पादन गर्ने लक्ष्य लिएका छौं । केहि बर्षमा नै उद्योगलाई पूर्ण क्षमतामा संचालन सक्ने अवस्थामा पु¥याउने तयारी भइरहेको छ ।

    अहिलेको रफ्तारमा उद्योगहरुले उत्पादन गर्ने र नयाँ उद्योगहरु आउने हुँदा २/४ बर्षभित्रै नेपाल सिमेन्टमा आत्मनिर्भर हुन्छ ।

    अहिले मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताइन्छ, ठूला लगानीका उद्योग पनि आउने क्रममा छन् । के साँच्चै आत्म निर्भर हुने अवस्था आएको हो ?
    अहिलेको अवस्थालाई मूल्याङ्कन गर्ने हो भने आत्मनिर्भर हुँदै गएको हो भन्न सकिन्छ । तर अझैपनि ३० प्रतिशत भन्दा बढी कच्चपदार्थ आयात गरेर सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्नुपर्ने अबस्था छ । यसवाट छुटकारा पाउन २/४ बर्ष कुर्नै पर्छ । सरकारले पनि ठूला लगानीका केहि नीजि उद्योग संचालन गर्ने अनुमति दिएको छ । त्यस्ता उद्योगले पनि उत्पादन सुरु गरेपछि आत्मनिर्भर हुने अबस्था सिर्जना हुन्छ । अहिलेको रफ्तारमा उद्योगहरुले उत्पादन गर्ने र नयाँ उद्योगहरु आउने हुँदा २/४ बर्षभित्रै नेपाल सिमेन्टमा आत्मनिर्भर हुन्छ ।

    उदयपुर सिमेन्टले बजार हिस्सा कति ओगटेको छ ? मूल्य महँगो भयो भन्ने कुरा पनि छ, बजार सन्तुलनमा यसको योगदान कस्तो छ ?
    हाम्रो उत्पादनलाई देशैभर पु¥याउने लक्ष्य भएपनि प्राविधिक व्यवस्थापनको कठिनाइले गर्दा सबै ठाउँमा उपलब्ध नहुन सक्छ । तैपनि सकेसम्म बजार विस्तार गर्ने प्रयास भइरहेको छ । हाम्रो उत्पादनले ठ्याक्कै कति बजार हिस्सा ओगटेको छ, त्यसको यकिन डाटा निकालिएको छैन । जहाँसम्म मूल्य र बजार सन्तुलनमा योगदानको कुरा उठ्छ, यसमा हाम्रो उद्योगको ठूलो हात छ । हामिले उपभोक्तालाई मर्का पर्ने गरी महँगो मूल्य लिएकै छैनौं । बरु बजारमा भइरहेको मूल्यको होडवाजीलाई नियन्त्रण गर्न सहयोग पु¥याइरहेको छ । हाम्रो उपस्थितिले कसैले पनि मनपरि मूल्य निर्धारण गर्न पाएका छैनन् । बजारमा हुने अस्वभाविक मूल्य बृद्धिलाई रोक्ने आधार बनेको छ ।

    बजारमा थरिथरिका सिमेन्टहरु उपलब्ध छन् यस्तो अबस्थामा उपभोक्ताले उदयपुर सिमेन्ट नै किन प्रयोग गर्ने ?
    नेपाल सरकारको पुर्ण स्वामित्वमा संचालित रहेको उदयपुर सिमेन्टले आम उपभोक्तको मन जितिसकेको छ । यसको गुणस्तरमा कुनै कम्प्रोमाइज गरिएको छैन । हाम्रो उत्पादन प्रोसेस लाइनसँग कसैको पनि तुलना हुँदैन र दावीका साथ भन्न सकिन्छ कि उदयपुर सिमेन्ट बराबर कसैको पनि गुणस्तर छैन । हाम्रो आफ्नै चुनढुङ्गा खानी छ । यो सिमेन्ट उत्पादनको लागि एकदमै राम्रो मानिएको टेस्टेड खानी हो । गुणस्तरको हिसाबले उपभोक्ताको लागि उदयपुर सिमेन्ट निर्विकल्प हो । तर मैले उदयपुरको कुरा गरिरहँदा अरु सबै सिमेन्ट खराब हो भनेर आक्षेप लगाउन खोजेको चाहिं होइन ।

    हामिले उपभोक्तालाई मर्का पर्ने गरी महँगो मूल्य लिएकै छैनौं । बरु बजारमा भइरहेको मूल्यको होडवाजीलाई नियन्त्रण गर्न सहयोग पु¥याइरहेको छ । हाम्रो उपस्थितिले कसैले पनि मनपरि मूल्य निर्धारण गर्न पाएका छैनन् ।

    उपभोक्ताले गुणस्तरिय सिमेन्ट यहि हो भनेर कसरी थाहा पाउने ? यसको मापन गर्ने आधार के हुन सक्छ ?
    सिमेन्टको गुणस्तर कस्तो हुने र यसको मापन गर्ने आधार सरकारले नै निर्धारण गरिदिएको छ । सचेत उपभोक्ताले नेपाल गुणस्तर तथा नापतौल विभागबाट सिमेण्टको गुणस्तर चिन्ह प्राप्त गरेको छ छैन हेर्ने । भारबहन क्षमता कस्तो छ बुझ्ने । सिमेन्टको मिहीनपना बढी छ छैन हेर्ने । तौलमा कुनैकिसिमको घटिबढी छ छैन हेर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्छ । यदि त्यस्तो कुनै आशंका भएका सोहि अनुरुपको सिमेन्ट हो कि होइन भनेर उपभोक्ताले पनि परिक्षण गर्न सक्छन् । गुणस्तर सिमेन्ट हो या होइन भन्ने कुराको लागि उपभोक्ता आफैले पनि चासो राख्नु जरुरी छ । त्यसको लागि हामीले विभिन्न किसिमका जानकारी मूलक कार्यक्रम पनि गर्दै आइरहेका छौं ।

    रमा कुनै कम्प्रोमाइज गरिएको छैन । हाम्रो उत्पादन प्रोसेस लाइनसँग कसैको पनि तुलना हुँदैन र दावीका साथ भन्न सकिन्छ कि उदयपुर सिमेन्ट बराबर कसैको पनि गुणस्तर छैन ।

    उपभोक्ताले सिमेण्ट प्रयोग गर्दा के–के कुरामा ध्यान दिन जरुरी छ ?
    उपभोक्ताले सिमेन्ट प्रयोगमा ध्यान एकदमै जरुरी हुन्छ । प्रयोगकार्ताले बालुवामा सिमेन्टको मात्रा मिलाउँदा माटो मिसिएको हुनु हुँदैन, माटो मिसिएको बालुवामा सिमेन्टको शक्ति क्षिण हुन्छ र दिगो हुँदैन । सिमेन्ट प्रयोगमा पानीको गुणस्तरलाई पनि ध्यान दिनुपर्छ । सिमेन्टको प्रयोग –वाल, ढलान, प्लास्टर आदिमा) भइसकेपछि पर्याप्त मात्रामा पानीले भिजाउने, जसलाई क्यूरिङ पनि भनिन्छ । पानीले सिमेन्टको स्ट्रेन्थलाई बलियो र दिगो राख्न मद्धत पुग्छ । ढलान गरिएको ठाउँमा २८ दिनसम्म पानीले भिजाएर राखे सिमेन्टको क्षमतामा गिरावट आउन दिंदैन । डल्ला वा गिर्खा भएको सिमेन्ट प्रयोग गर्नु हुँदैन । यति कुरा ध्यान दिए उपभोक्ताले पछुताउनु पर्दैन ।

    उदयपुर सिमेन्ट गुणस्तरयुक्त हुँदाहुँदै पनि आम उपभोक्ताले सहजरुपमा पाइरहेका छैनन् । यसको व्यवस्थापनमा ध्यान दिनु भएको छ कि छैन ?
    हामीले उपभोक्तको हित र सहजतालाई ध्यान दिंदै ठाउँठाउँमा पर्याप्त मात्रामा डिलर राखेर विक्रिवितरण गर्ने व्यवस्था मिलाएका छौं । काठमाडौं भ्याली, जनकपुर, विराटनगर लगायत विभिन्न शहरहरुमा रहेका डिलर मार्फत नै आम उपभोक्ता माझ सिमेन्ट पु¥याउने काम भइरहेको छ । यदी कसैले बजारमा सिमेन्ट पाएन वा सिधा खरिद गर्ने चाहाना राख्यो भने हाम्रो खरिद विभागमा सम्पर्क गरेर लैजान सकिन्छ । उपभोक्ताको लागि जहाँपनि जहिलेसुकै सिमेन्ट उपलब्ध गराउन उद्योग सक्षम छ ।

    एउटा ठूलो उद्योग संचालनमा कस्ता समस्याहरु आउँदो रहेछ वा के–के समस्या हुन सक्छन् ?
    उद्योग संचालन भइसकेपछि त्यसमा अनगिन्ति समस्या आउँछन् या आउन सक्छन् । अहिलेसम्म उद्योगमा प्राविधिक समस्या बढी भएका छन् । एउटा सरकारी उद्योग भएका कारण विभिन्न नीतिनियम अनुसार चल्नुपर्ने हुँदा समयमै चाहिने पाटपुर्जा खरिद गर्न नसक्नु पनि समस्याकै रुपमा छ । जसले गर्दा उत्पादनको होल प्रोसेसमा नै असर गर्छ । अहिले सुधार भएपनि विजुलीको अभाव पनि लामो समयदेखि भोग्नुप¥यो । सरकारी उद्योग भनेपछि कर्मचारीको जोशजाँगरमा कमी आउने । उद्योग व्यवस्थापनमा बारम्वार भइरहने नेतृत्व परिवर्तनले पनि समस्या आइरहने हुँदो रहेछ । राजनीतिले पनि उद्योग संचालनमा असर पार्दो रहेछ । यसको बावजुद पनि उद्योगले राम्रो उपलब्धि हासिल गरिरहेको छ ।

     

    बजार पनि बढ्दो छ र प्रतिश्पर्धा पनि, बजार विस्तारको कस्तो तयारी गर्दै हुनुहुन्छ ?
    बजार विस्तार र प्रतिश्पर्धालाई हामीले सन्तुलनमा राखेका छौं । हाम्रो सिमित उत्पादनलाई देशैभर पु¥याउन पनि सकिंदैन । तर बजारको मोडालिटी निर्माण गर्न हाम्रो योगदान छ । मूल्य निर्धारणमा नीजिले मनपरि गर्न पाएका छैनन् । त्यो हाम्रो कारणले हो । यदि कसैलाई उदयपुर सिमेन्ट नै चाहियो भने सहज रुपमा उपलब्ध गराउँछौं । यो नै हाम्रो बजार विस्तार र प्रतिश्पर्धाको आधार हो ।

    सामाजीक उत्तरदायीत्व बहनमा कत्तिको भूमिका निर्वाह गर्नुभएको छ ?
    हामीले सामाजीक उत्तरदायीत्वलाई भूलेका छैनौं । स्थानीय रुपमा हामी स्थानीयसँगै हातेमालो गर्दै आएका छौं । सडक मर्मत, तटबन्ध, खानेपानी व्यवस्थापन लगायतका विषयमा हामिले सहयोग गर्दै आएका छौं । उद्योगबाट निस्कने प्रदुषण प्रभावित क्षेत्रको बताबरण संरक्षको लागि प्रत्येक बोराबाट डेढ रुपैंयाँ वतावरण संरक्षण समितिलाई छुट्याएका छौं । बर्षको एक चोटि विषेशज्ञ डाक्टरहरुको सहभागितामा निशुल्क स्वस्थ्य परिक्षण गर्ने मेडिकल क्याम्प पनि संचालन गर्दै आएका छौं । यी लगायत थुप्रै सामाजिक गतिविधिहरुमा हामीले सहयोग गर्दै आएका छौं ।

    प्रतिक्रिया
    थप समाचार