Online Nepal बिहिबार, बैशाख २० २०८१

नेपालीलाई जापानमा रोजगारीको अवसर, अप्रिलदेखि भाषा परिक्षाको तयारी !

नेपालीलाई जापानमा रोजगारीको अवसर, अप्रिलदेखि भाषा परिक्षाको तयारी !


मध्यान्तर
  • मंगलबार, पुष १० २०७५

  • काठमाडौं । जापान सरकारले विदेशी कामदार भित्र्याउने नीतिगत प्याकेज घोषणा गरेसँगै नेपाली कामदारहरु पनि अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । श्रमको लागि जनशक्ति अभाव हुन थालेपछि जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने नयाँ नीति पारीत गरेपछि नेपालीलाई जापानमा रोजगारीको लागि जाने बाटो खुलेको हो ।

    जापानले नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ । नयाँ नीति कार्यान्वयनका क्रममा आगामी आर्थिक वर्षमा २२.४ अर्ब यूआन खर्च गरिनेछ । विदेशीहरुलाई जापानी भाषा सिकाउन मात्रै ६० करोड यूआन खर्च गरिने छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।

    जापानी संचारमाध्यमले जनाएअनुसार पहिलो चरणमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा रोजगारी दिइनेछ । पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने जापान सरकारको योजना छ ।

    नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पनि पटक–पटक जापानिज राजदूतलाई यसका लागि अनुरोध गरेका थिए भने भर्खरै मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैं जापान पुगेर कुटनीतिक पहल गरेका थिए ।

    सरकारी अधिकारीहरुका अनुसार सम्भवत आगामी अप्रिलदेखि जापानी भाषा परीक्षा पास गरेर रोजगारीका लागि जान पाइनेछ । जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गर्नेछ । यसलाई अन्तिम रुप दिन जापानका परराष्ट्रमन्त्री यहि पुस २५ गते नेपाल आउने तय भएको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार