Online Nepal बिहिबार, बैशाख २० २०८१
वैदेशिक रोजगार

नेपालले उठाएको ठगी मुद्धालाई मलेसियन सरकारले स्विकार्यो

नेपालले उठाएको ठगी मुद्धालाई मलेसियन सरकारले स्विकार्यो

समस्या समाधानका लागि मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरन नेपाल आउने तयारी


मध्यान्तर
  • बुधबार, साउन ३० २०७५

  • काठमाडौं । मलेसिया सरकारले नेपालबाट जाने कामदारमाथि भइरहेको आर्थिक शोषण र ठगीलाई अप्रत्यक्षरुपमा स्विकारेको छ । नेपाली कामदारको मेडिकल परिक्षण र बायोमेट्रिक गर्ने अधिकार पाएको ‘बेस्टिनेट एसडीएन बीचडी’ मलेसियन कम्पनीले नेपालका केहि संस्थासँग मिलेर अनाधिकृत रुपमा चर्को रकम असुल्ने गरेको अनुसन्धानबाट देखिएपछि मलेसियाले नेपाल सरकारले उठाउँदै आएको ठगी मुद्धालाई स्विकार गरेको हो ।

    नेपाल सरकारले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक, भीएलएन, आईएससी, ओएससी लगायतका संयन्त्रमार्फत आर्थिक ठगी भइरहेको भन्दै मलेसियामा कामदार पठाउन बन्द गरेपछि बेस्टिनेटले गरेको आर्थिक अनियमितता बाहिर आएको थियो । अनुुसन्धानका क्रममा अनाधिकृत रकम संकलन एवं आर्थिक शोषण गरी देशकै बदनाम गरेको भन्दै मलेसियाको सरकारले त्यहाँको ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन नै गरेको छ । यो प्रक्रियासँगै त्यहाँको सरकारले बेस्टिनेटलाई नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरेको जनाएको छ । यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्ट तोकेर कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिकमा एकाधिकार कायम गरेको थियो ।

    आर्थिक अनियमिततामा मुछिएको पाइएपछि ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले बताएका छन् । उनले केही दिनभित्रै मन्त्रिपरिषदबाट स्वीकृति पाएपछि नेपालसँग समस्या समाधानका लागि नयाँ समझादरी (एमओयू) हुने जानकारी दिएका छन् । समस्या समाधानको लागि मन्त्री कुलेसागरन नेपाल आउने तयारी गरिरहेको जनाइएको छ ।

    यता नेपाल सरकारले मलेसिया कामदार पठाउने सवालमा देखिएको समस्या समाधानको लागि विभिन्न कुटनीतिक संयन्त्र परिचालन भइरहेको र छिटै निकास निस्कने जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार