Online Nepal मंगलबार, बैशाख १८ २०८१

युवा उद्यमलाई प्रोत्साहन गर्न काठमाडौंमा युवा उद्यमशीलता सम्मेलन हुँदै

युवा उद्यमलाई प्रोत्साहन गर्न काठमाडौंमा युवा उद्यमशीलता सम्मेलन हुँदै


मध्यान्तर
  • सोमबार, साउन २० २०७६

  • काठमाडौं । प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौँमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्धेश्यका साथ सम्मेलन हुन लागेको हो ।

    सोमबार काठमाण्डौँमा पत्रकार सम्मेलन गरी प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका बारेमा प्रदेश नम्वर ३ सरकारले सम्मेलन गर्न लागेको बताए । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन अयोगना गर्न लागिएको जानकारी दिए । सोही समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय वाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मविश्वास बढ्ने बताए । वाणीज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा समेत गरे ।

    सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास व्यक्त गरे । साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् विश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । ११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

    सम्मेलनमा उद्यमशीलताका नवीनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार