Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु 


मध्यान्तर
  • बिहिबार, असोज २२ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको विवरण अनुसार एकैदिन उल्लेखित संख्यामा मृत्यु भएको हो । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन् । आज थपिएको संख्यासहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको डा. गौतमले जानकारी दिए । देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    थप समाचार