Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सरकार समझदारीबाट पछि हट्ययो डा गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै

सरकार समझदारीबाट पछि हट्ययो डा गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै


मध्यान्तर
  • शनिबार, असोज २४ २०७७

  • आज शनिवार एक विज्ञप्ति जारी गर्दै उनले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको भन्दै उनले डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । डा. क्षेत्रीले विज्ञप्तिमा भनेका छन्,’डा गोविन्द केसीको १९औं सत्याग्रहको आज २७औं दिन भइसकेको छ र डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसकेको छ । यसबीच नेपाल सरकार र डा केसी तर्फको वार्ता टोलीबीच दुई दिनसम्म वार्ता भइसकेको छ । त्यस क्रममा सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदधिकारीहरुसित व्यापक छलफल, परामर्श र गृहकार्य गरेको थियो । दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा केसीले राख्नुभएका मागहरु सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो ।

    तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभुत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो । त्यस क्रममा अनौपचारिक पहलमार्फत डा केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियत समेत उदाङ्गो भयो ।’

    त्यस्तै डा केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आइ ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्री परिषद् बाट  पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं । त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गरेका छन्  ।

    प्रतिक्रिया
    थप समाचार