Online Nepal सोमबार, जेष्ठ ७ २०८१

यौनसम्पर्क गर्दा यसरी लिन सक्छन् महिलाले सन्तुष्टि

यौनसम्पर्क गर्दा यसरी लिन सक्छन् महिलाले सन्तुष्टि


मध्यान्तर
  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौं । मानिसहरुले आफ्नो जीवनमा विभिन्न खालका चासोहरु राख्छन् । सबैको आ आफ्नो सपनाहरु हुन्छन् । तर, एउटा मात्र सपना सबैको साझा हुन्छ । त्यो हो यौन सुख । मानिसहरुले जीवनमा सबै भन्दा अमुल्य यसलाई मान्य मानिन्छ । यौनलाई मानिसहरुले प्रेमको एक उपहार भनेर समेत भन्ने गरेका छन् ।

    यसैले सबैलाई कसरी यौन सुख लिने भन्ने ज्ञान भने हुदैन् । यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न सर्वेक्षणहरु भएका छन् । अहिलेसम्म भएका अध्ययन सर्वेक्षणहरुमा महिलाले यौनसम्पर्कका बेला सनतुष्टि नपाउने तथ्य सार्वजनिक हुँदै आएका छन् ।

    तर यो पटकको अध्ययनले महिलालाई कसरी चरम सन्तुष्टि दिने विषयमा अध्ययन अनुसन्धान गरेको छ । कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् ।

    तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।

    महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् ।

    यस प्रकार छन्, ६ वटा तथ्यहरु

    १) महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।

    २) चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।

    ३) धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।

    ४) चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।

    ५) चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।

    ६) यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् ।

    (न्यू साइन्टिस्ट म्यागेजिन)

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार