Online Nepal सोमबार, जेष्ठ ७ २०८१

चिकित्सकहरुले आजदेखि स्वास्थ्य सेवा ठप्पगरि आन्दोलन गर्दै (विज्ञाप्ति सहित)

चिकित्सकहरुले आजदेखि स्वास्थ्य सेवा ठप्पगरि आन्दोलन गर्दै (विज्ञाप्ति सहित)


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । चिकित्सकहरुले आजदेखि स्वास्थ्यसेवा ठप्प पारेर आन्दोलनमा हामिन बताएका छन् । उनीहरुले डा. गोविन्द केसीको आमरण अनशनको १६ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै विज्ञाप्ति जारी गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (त्रिवि शिक्षण अस्पताल), चिकित्सा विज्ञान प्रतिष्ठान (वीरअस्पताल) र बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान) सम्बद्ध आवासीय चिकित्सकरूले संयुक्त विज्ञप्ति निकाली आकस्मिक बाहेक ओपीडी, ओटी, राउण्ड र इण्डोरसहित सबै सेवा तथा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन्।

    घोषित कार्यक्रमबारे छलफल गर्न उनीहरूले आवसीय चिकित्सकहरूलाई शुक्रबार बिहान ९ बजे सम्बन्धित संस्थामा भेला हुन समेत आग्रह गरेका छन्। चिकित्सा क्षेत्रमा रहेका विकृति सुधारको माग राख्दै डा। केसी १६औँ चरणको अनशनमा छन्।

    हेर्नुहोस् विज्ञप्ति–

    प्रतिक्रिया
    थप समाचार