Online Nepal सोमबार, जेष्ठ ७ २०८१

स्वास्थ्य अवस्था सुधारकालागि घिउ र लिटो वितरण

स्वास्थ्य अवस्था सुधारकालागि घिउ र लिटो वितरण


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • धनगढीः आमा र बच्चाको सारिरिक अवस्थालाई ख्याल गर्दै डडेल्धुरामा लिटो र घिउ वितरण गरिएको छ । जिल्लाको अजयमेरु गाउपालिकाले सुत्केरीलाई लिटो र घिउ वितरण गरेको हो ।

    गाउँपालिकाले वडा नम्बर २ का १३ जना सुत्केरी महिलाहरुलाई गाउँपालिकाले घिउ र लिटो वितरण गरेको हो। उनीहरुलाई उक्त वडाका वडाअध्यक्षले बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले सुत्केरी महिलालाई घिउ र लिटो प्रदान गरेका हुन्।

    आमा र बच्चाको शरिरिक तन्दरुस्ती राख्न र शारिरीक वृद्धि विकास लागि घिउ र लिटो वितरण गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। वडाभित्र यही आसारदेखि हालसम्म सुत्केरी भएकी महिलालाई पौष्टिक तत्वका लागि घिउ र लिटो प्रदान गरिएको हो। वडा भित्रका १३ जना सुत्केरी आमाहरुलाई गाईको घिउ र लिटो वितरण गरेको वडा अध्यक्ष शिवराज भट्टले बताए।

    वडाभित्रका नवजात शिशु र आमाको स्वास्थ्यलाई ख्याल गर्दै सुत्केरी महिलाहरुलाई उक्त पौष्टिक तत्व भएको खाद्यान्न वितरण गरिएको हो। वडाका गरिव तथा सुत्केरी महिलालाई प्रोत्साहन गर्नका साथै उनिहरुलाई निरोगी र स्वास्थ्य वन्नका लागि दुई किलो गाईको घिउ र ५ किलो लिटो वितरण गरिएको हो।

    प्रतिक्रिया
    थप समाचार