Online Nepal सोमबार, जेष्ठ ७ २०८१
चिकित्सक आन्दोलन

आन्दोलित चिकित्सक, देशभरका अस्पताल बन्द

आन्दोलित चिकित्सक, देशभरका अस्पताल बन्द


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाण्डौं । चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालहरु बन्द गरिएका छन् । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशै भरका डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम बताइएका छन् ।

    डा. केसी अनसन बसेको २४ दिन भैसक्दा पनि अनशन तोडाउन सरकारबाट कुनै पहल नभएका कारण सरकारको ध्यानाकर्षण गराउनका लागि शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेकमा कक्षमा काम नगर्ने घोषणा गर्नुपरेको नेपाल चिकित्सक संघले जनाएको छ ।

    डा. केसीका बारेमा सरकार गम्भीर भएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको संघले जनाएको छ । २४ दिनदेखि अनसनमा रहेका डा. केसीको उपचारमा संलग्न डाक्टरले उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने भने पनि केसीले आईसीयूमा भर्ना हुन मानेका छैनन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ ।

    यसैबीच अनसन तत्काल तोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डा. केसीलाई आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डा. केसीसँग आग्रह गरेका छन् । डा. केसी र विज्ञसँगको छलफलपछि नै डाक्टर केसीको माग अनुसार विधेयक तयार गरिएको उनको दाबि छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार