Online Nepal बिहिबार, बैशाख २७ २०८१

चिकित्सक संघको आन्दोलन १५ दिनको लागि स्थगित

चिकित्सक संघको आन्दोलन १५ दिनको लागि स्थगित


मध्यान्तर
  • शुक्रबार, भाद्र १ २०७५

  • काठमाडौं । मुलुकी ऐन अपराध संहिता कार्यान्वयले चिकित्सकहरु मर्कामा पर्ने र कसैले पनि काम गर्न नसक्ने भन्दै यसलाई सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले १५ दिनको लागि आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । ऐनमा उल्लेख अपराध संहिताको केही प्रावधानप्रति आपत्ति जनाउँदै चिकित्सकहरूले एप्रोन र चिकित्सक लाइसेन्स सरकारलाई बुझाउने जनाएका थिए ।

    चिकित्सकहरु मर्कामा पर्ने केही त्यस्ता विषय संशोधन गर्न सकिने सरकारको आवश्वासनपछि १५ दिनको लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल चिकित्सक संघले जनाएको छ । भदौ १ गतेदेखि लागु हुने नयाँ मुलुकी अपराध संहिता ऐनमा चिकित्सकहरूलाई जन्मकैदसम्मको व्यवस्था राखिएपछि नेपाल चिकित्सक संघले उक्त ऐन सच्याउन माग गर्दै एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेको थियो ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार माग सम्बोधन गर्न सकारात्मक देखिएकाले विरोधको कार्यक्रम १५ दिन पर सारिएको बताए । सरकारले दिएको आश्वासन कार्यान्वयन नभए १५ भदौदेखि पुनः विरोधका कार्यक्रम ल्याउने उनले जानकारी दिए । उनले कानुन, न्याय तथा संसदीय मन्त्रालयको पत्रका आधारमा संघले विरोधका कार्यक्रम स्थगन गरेको जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार