Online Nepal सोमबार, जेष्ठ ७ २०८१

तपाईले बढी नुन खानु हुन्छ , यदि त्यसो हो भने बच्चलाई यस्ता उपाय अपनाउनुहोस

तपाईले बढी नुन खानु हुन्छ , यदि त्यसो हो भने बच्चलाई यस्ता उपाय अपनाउनुहोस


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं । धेरै नुन खाने मान्छेमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । शरिरमा नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ ।

    त्यस्तै, शरीरमा नुनको मात्रा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।

    कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

    तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने । साथ, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।

    घरमै बनाएरको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ । यो सामग्री नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार