Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सरकारी अस्पतालको वेथितिः विरामी परिक्षण गर्ने महँगा उपकरण प्रयोगविहिन अवस्थामा

सरकारी अस्पतालको वेथितिः विरामी परिक्षण गर्ने महँगा उपकरण प्रयोगविहिन अवस्थामा


मध्यान्तर
  • बुधबार, फाल्गुन २२ २०७५

  • काठमाडौं । सरकारले आफ्नो स्रोत साधन लगानी गरेको अस्पतालबाट जनताले उल्येख्य उपचार नपाउनु सामान्य जस्तै भइसकेको छ । तैपनि नागरिकको विश्वास सरकारी अस्पतालमै छ । तर सरकारी अस्पतालको अवस्था बुझ्ने हो भने साह्रै दुःख लाग्दो हुन्छ । उदाहरण थुप्रै छन् । चार वर्षअघि मात्रै सञ्चालनमा आएको ट्रमा सेन्टरमा अढाई वर्षदेखि सिटी स्क्यान मेसिन बिग्रिएर बसेको छ । ६ महिनादेखि इमर्जेन्सीको एक्सरे मेसिन पनि बिग्रिएको छ । आपतकालिन उपचारको लागि आउने विरामीलाई यसैकारण नीजि अस्पतालतिर पठाउनुपर्ने बध्यता छ ।

    सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोगविहिन अबस्थामै छन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ ।

    भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर, सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो, अहिलेसम्म जडान हुन सकेको छैन । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाउने गरिएको छ ।

    ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचन भन्छन्–इमर्जेन्सी एक्सरे ६ महिनादेखि बन्द छ  । ट्रमा सेन्टरको इमर्जेन्सीमा दैनिक ७० देखि ८० बिरामी आउँछन्, तर सिटी स्क्यान मेसिन बिग्रिएको छ । अप्रेसन गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि बिग्रिएको छ । त्यस्तै, इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । भारत सरकारले दिएको उपकरण भएकाले नेपालका प्राविधिकले मर्मत गर्न मानेका छैनन् । यो अवस्थामा ट्रमा सेन्टरले चाहेजस्तो सेवा दिन सकेको छैन । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन कोठाको अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्– ‘सीमित व्यक्तिको स्वार्थले महँगा उपकरण थन्किए
    आधारभूत स्वास्थ्य सेवा दिन चाहिने औजार–उपकरणलाई महत्व दिनुपर्छ ।’ किनिएका उपकरण थन्किएको गुनासो मन्त्रालयमा पनि आउने गरेको छ । दक्ष कर्मचारी व्यवस्थापनका विषयमा अध्ययन अनुसन्धान नगरी खरिद गरिएका कारण धेरै समस्या आएको छ । पेट स्क्यान, सिटी स्क्यान, एक्सरे, डायलाइसिस उपकरण अस्पतालहरूमा पठाउँदा सञ्चालन गर्ने व्यक्ति नभएको हुन सक्छ । यस विषयमा गम्भीर हुनुपर्ने वेला आएको छ ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा क्याथ ल्याबका लागि आवश्यक पर्ने उपकरणहरू पर्याप्त रहेका छन् । उसले मुटुरोगीहरूका लागि ठूलो सेवा दिन सक्छ । तर, त्यहाँ सेवा प्रवाह गर्न मुटुरोग विशेषज्ञ छैनन् । करोडौँको उपकरण त्यसै थन्किएको छ ।

    प्रतिक्रिया
    थप समाचार