Online Nepal बिहिबार, बैशाख २७ २०८१

चिकित्सक संघको आन्दोलनः ६ हजार डाक्टरको लाइसेन्स फिर्ता

चिकित्सक संघको आन्दोलनः ६ हजार डाक्टरको लाइसेन्स फिर्ता


मध्यान्तर
  • आइतबार, भाद्र १७ २०७५

  • काठमाडौ । नेपाल चिकित्सक संघले संकलन गरेको ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।

    आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई संघले संकलित लाइसेन्स बुझाएको हो । यसअघि संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशन गरेको थियो ।

    पूर्व निर्धारित आन्दोलनको तालिका अनुसार नै काउन्सिलमा लाइसेन्स बुझाइएको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए । उनले संघमा आवद्ध १६ वटा शाखामा कार्यरत देशभरीकै करिब ६ हजार चिकित्सकहरु लाइसेन्स संकलन गरी बुझाइएको र काठमाडौं बाहिर रहेका चिकित्सकहरुबाट लाइसेन्स आउने क्रम जारी रहेको बताए ।

    भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्य्विधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आजैबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।

    चिकित्सकहरुले काउन्सिल समक्ष लाइसेन्स बुझाएको विषयमा के गर्ने भन्ने बारेमा छलफल भइनसकेको काउन्सिलका रजिष्टार डा. दिलिप बताए । उनले विभिन्न समितिहरु बसेर छलफल गरिसकेपछि मात्र यस विषयबारे टुङ्गो लाग्ने भएकोले चिकित्सकहरुले भने आफ्नो कामलाई यथावत नै राख्नेमा आशावादी रहेको बताए ।

    प्रतिक्रिया
    थप समाचार