Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

हिन्दु तथा बौद्ध धर्म स्वर्णभूमि–नेपालको पहिचान र प्रतिष्ठा

हिन्दु तथा बौद्ध धर्म स्वर्णभूमि–नेपालको पहिचान र प्रतिष्ठा


दीर्घराज प्रसाई
  • सोमबार, भाद्र २२ २०७७

  • –दीर्घराज प्रसाई

    मानव सभ्यताको विकास कहाँ र कहिलेदेखि प्रारम्भ भयो भन्ने कुरा अझैसम्म खोजको विषय छ । आजभन्दा दुई–अडाईसयबर्ष अगाडिसम्म पानी जहाज, मोटर, रेल, हवाइजहाज आदि आधुनिक भौतिक साधनहरुको अनुसन्धान भएको थिएन । त्यसबेला बेलायत, इराक, इजिप्ट, युनान्, पेकिड, ल्लासा, दिल्ली, मुम्बई, टोकियो, अमेरिका, जुम्ला, काठमाण्डौं जनकपुरधाम, लुम्बनी, आदि अहिलेका विकसित वा अर्धविकसित देशहरुको आपसमा सम्पर्कमा थिएनन् । यातायातका साधनको विकास नभएपछि घोडा, हात्ती, डुङ्गाको सहाराबाट मान्छेहरु जहाँ पुग्थे त्यही मात्र सम्पर्कको आधार थियो । संसारमा मानिसको विकास सबै ठाउँमा एकै समयमा भएता पनि मानव सभ्यताको विकास कहाँ भयो भन्ने कुराको अध्ययन गर्दा सबैले आ–आफनै तर्कहरु प्रस्तुत गरेता पनि वास्तवमा वैदिककाल नैं मानव सभ्यताको उद्गम हो । मानव सभ्यताको विकासमा समाजलाई आवश्यक पर्ने संहिता, सहिष्णुता र अस्मिता नैं सामाजिक जीवनको स्रोत थियो । जसरी सभ्य जीवन पद्धतिको उजागर गर्नमा वैदिक युग नैं विश्व सभ्यताको पे्ररक बन्न पुग्यो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाईनैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो ।

    वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई संसारका देशहरुले ठूलो महत्व राख्दै आएका छन् । इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरु हिमवतखण्ड नेपाललाई पवित्र देवभूमि पूण्यभूमि मानिन्छ । विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । भारतमा अंगे्रजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्नेकाम गरे । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

    वैदिक सनातन हिन्दु दर्शन हिमवत्खण्ड नेपालको उपज हो । यही हिन्दुस्थलमा २५६० बर्ष अगाडि हिन्दु राजा शुद्धोधन र रानी मायाँदेबीबाट सिद्धान्र्थ गौतमको जन्म बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ । उनी जन्मेको सातौं दिनमा आमा मायाँदेबीको मृत्यू भएपछि कान्छी आमा प्रजापती गौतमीले उनको लालनपालन गरेकी थिइन् । सोह्रबर्षको उमेरमा गौतमको बिवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र २८ बर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो । बैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, बैशाख पूर्णिमाका दिन मैं गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नुु र त्यही बैशाख पूर्णिमाको दिनमा ८० बर्षको उमेरमा, भिक्षु आनन्द तथा अन्य भक्तजनहरुसँग वार्तालाभ गर्दागर्दै, कुशीनगरमा बुद्धको स्वर्गारोहण हुनुले ‘बैशाख पूर्णिमा’ गौतम बुद्धको लागि एक असाधारण दैवीक तीथिको रुपमा देखिन्छ । सिद्धार्थ गौतमले ३५ बर्षको उमेरमा बैराग्य भएर श्रीमती, छोरा, परिबार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लाग्नु भयो । धेरैदिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिबृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे । गौतम बुद्धले उपदेशहरुलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्रना भक्त बौद्ध भिक्षुहरुलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रुपमा पठाउने चलन चलाए । बुद्धले बताएका उपदेशहरुलाई लिखितरुपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयाईहरुले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । बुद्धका उपदेशहरु ‘धम्मपद’ मा संग्रहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायाम अन्तगत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ ।

    हिन्दुहरुका प्रवर्धनमा वैदिक ग्रन्थ, उपनिषद, मनुस्मृति लगायत गोरखनाथ मार्गदर्शक हुन् । आध्यात्मिक साधनाको क्षेत्रमा गुरु गोरखनाथको योगदान अद्वितीय छ । गुरु गोरखनाथको दर्शनले एकातिर वैदिक दर्शन÷संस्कृति र बौद्ध दर्शन ÷संस्कृतिलाई नजिक्याएको छ भने अर्कोतिर तन्त्र र मन्त्रको सुन्दर सामन्जस्य गरी हाम्रो पूर्वीय दर्शनलाई धनी बनाएको छ । यसैगरी एकातिर उच्च षडङ्ग योगदर्शनको शिक्षा दिएको छ । हिन्दु तथा बौद्धभित्र मूर्ति पूजा गर्ने, मूर्ति पूजा नगर्ने, जनै लगाउने, जनै नलगाउने, टुप्पी पाल्ने टुप्पी नराख्ने, मान्साहारी, शाकाहारी, आीसतक, नास्तिक, बैरागी, सन्यासी यी सबै एकसाथ सहअस्तित्वको हिन्दुत्व र बुद्धत्व माथि विश्वास गर्छन् । ‘‘ॐकारको साधना” नै प्रमुख साधना हो । ॐकारको साधना श्ंवास प्रश्ंवासमा समाहित हुन्छ तब यही आत्मामा नै परमात्माको दर्शन हुन्छ । हिन्दु समाजभित्र छुवाछुत जातभात, लिङ्गभेद हिन्दुधर्मभित्रको उपज नभएर धेरै पछि समाजभित्रैको बिकृतिको उपज हो ।

    नेपालका हिन्दु र बौद्धहरु अत्यन्त उदार छन् । उनीहरु चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् । नेपालमा मुसलमानहरुप्रति हिन्दु र बौद्धको कुनै चित्त दुःखाई छैन । किनकि पृथ्वीनारायण शाहको न ेतृत्वमा एकीकृत विशाल नेपालमा मुसलमानहरुको पनि साथ थिइो । त्यसोभएकाले नेपालका मुसलमानहरु हिन्दु तथा बौद्धसँग मित्र व्यवहार गर्छन् र उनीहरु आ–आफ्नो धर्म मान्छन् र हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौं । तर क्रिस्चियनहरु नेपालको हिन्दु पहिचानलाई ध्वस्त बनाउन चहान्छन् । सन् १७६८ भन्दा अगाडि नेपालका मल्ल राजाहरुलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेकाले क्रिस्चियनहरु हिन्दु र नेपालप्रति नकारात्मक बनेका हुन् । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । ५४ भन्दा बढी स–साना राजाहरु भएको राज्य एकीकृत भएर बनेको विशाल नेपाल ‘हिन्दु अधिराज्य’ हो । ‘हिन्दु अधिराज्य’ यसक्षेत्रको आधिकारिक थलो हो । धर्म, संस्कृति, अनेकौं चाड–पर्वहरु यसक्षेत्रका पहिचान हुन् । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले विश्वका अनेकौं राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्म निरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्छन् र ?

    प्राचीनता सभ्यताको कुरा उठाउँदा विश्वका सभ्यताहरुमा यही भूभागलाई नैं सभ्यताको उद्गम् मानिन्छ । कैलास–मानसरोवरदेखि गगासम्मको हिमवतखण्डको यो भूभाग एक सम्वृद्ध सभ्यताको मूल हो । अनादिकालदेखिनै श्रृषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण,अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलास–मानसरोवरदेखि गगासम्मकै भूभागमा सिर्जिएका हुन् । यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान देन छ । सप्त ऋषिहरु ब्राम्हण र क्षेत्रीहरु भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेकोछ ।

    किरातीहरुको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरु– कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक), वशिष्ट, अत्री, गौतम, जमदग्नी, सप्तऋषिहरु,‘नेमुनीे’, परशुराम, उपमन्य, मौतगल्य, शाण्डिल्य, मरिची,अंंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी, ब्यास पुलह, भृगु, माण्डवजस्ता सैयौं ऋषिहरुको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए ।

    जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सच्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरुले वेदका ऋचा लेखेका थिए । तेइससय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुमामा थियो । अहिले पनि हामीहरु वशिष्ट गुमा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् । ‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नैं सभ्य बनाऔं, भन्ने ऋषि महर्षीहरुको उद्घोस थियो जहाँ विश्वका कैयौं देशहरुमा ऋषिहरु र वेत्ताहरुबाट वैदिक ज्ञान ब्यापक बनाउन खोृजएको र यही भूखण्डबाट विश्ब्यापीरुपमा सभ्यताको विकास भएको थियो ।

    हिमवतखण्ड नेपालमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरु बसोबास गर्दै आएका छौं । ब्रामण, क्षेत्री र केही नेवारहरु अनादिवासीहरु हुन् । मगर, गुरुङ,तामाङ, राई, लिम्बु,शेर्पा, राजबंशी, थारु, धिमाल आदि जनजातीहरु आदिवासीहरु हुन् । तीनसय बर्ष अगाडिदेखि ब्यापार व्यवशाय गर्दैआएका मुसलमान, माडवाडी र बंगाली, र २०१५ सालपछि नेपाली नागरिकका प्राप्त गरेका मदेसीहरु आप्रवासीहरु मानिन्छन् । मदेसीहरु भन्दैमा तराईका झा, ठाकुर, यादव आदि थर जातिहरु अनादिकालदेखि नेपालमा बसोवासो गर्दै आएकाहरु अनादिवासी र आदिवासी दुबै किसिमका बासिन्दा हुन् । स्मरण्मरहोस्– नेपालका शाहवंशीय राजा रणबहादुर शाहले झा बाहुनकी छोरी बिवाह गरेका थिए । तिनकै सन्तान शाहबंशीय राजाहरुहरु नेपालको राजसिंहशानमा बस्दै आएका छन् । जनकपुरधाम अनादिकालदेखिको सभ्यता र संस्कतिको उपज हो । तीनथरीका यी बासिन्दाहरुनै नेपालका आधिकारिक बर्वश्व हुन् ।

    विश्वमा नेपाल र भारत दुर्इृ हिन्दु राज्यहरु हुन् । भारतलाई मुसलमान र क्रिश्चियनले दपेटेको हुँदा हिन्दुराष्ट्र उल्लेख हुन सकेन । यो अखण्ड हिन्दु तथा बौद्धभूमि माथि भारतीय कांग्रेस आक्रमणको दृष्टिले हेर्ने गर्दछ जुन भारतको लागि आत्मघाती थियो । तर २०७१ सालपछि भारतमा हिन्दुवादी पार्टी भाजपा शासनसत्तामा आएकाले नेपाल भारतबीचका किचलोहरु हट्दै जानेछ । पृथ्वीनारायणशाह भन्दा अगाडि र अहिलेसम्मका राजाहरुले कहिले पनि हिन्दु र बौद्ध बीचमा मतभेद गरेनन् । तर २०६३ सालदेखि विदेशीहरुको इशारामा हिन्दु अधिराज्य समाप्त गर्न नेपालका पार्टीका केही नेताहरु प्रयोग भएकाले नेपालमा हिन्दु तथा बौद्धहरुलाई ठूलो संकट आइपरेको छ ।

    नेपाल हामी मध्ये कोही गणतन्त्रवादी वा धर्मनिरपेक्षको समर्थक हौंला, त्यो भिन्नै कुरा हो । तर नेपालको मामिलामा देशको संवेदनशीलता नबुझी आ–आप्mना विचार जवरजस्त लागु गर्न खोज्दा त्यो आत्मघाती बन्छ । अहिले नेपालमा उठाइएको धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको मुद्धा हाम्रो होइन । कांग्रेस, एमाले र माओवादीको पनि होइन । भारतीय र अमेरिकी गुप्तचर संस्थाको एजेण्डा हो । उनीहरु साधन–स्रोत जुटाएर यहींका नेताहरुलाई अघि सारेर नेपाललाई क्रिस्चियनकरण गर्न चहान्छन् । तर अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्य स्थापित हुनुपर्छ । नेपालको सांस्कृतिक राष्ट्रवाद धार्मिक महत्व दर्शाउन खोजेकाले अव हिजोको जस्तो खतरा यो भूमिलाई नआउला ।

    प्रतिक्रिया
    थप समाचार