Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

आखिर केका लागि रहेछ नेकपा झगडा ?

आखिर केका लागि रहेछ नेकपा झगडा ?


गणेश खड्का
  • शनिबार, भाद्र २७ २०७७

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साढे दुई बर्षदेखि सरकार चलाइरहेको छ । एकलौटी सरकारमा रहेको उक्त दलभित्र समयसमयमा विभिन्न द्वन्द झगडा भइरहेको सार्वजनिक भइरहेका छन् । केही नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको दुबै पदबाट राजिनामा मागेका थिए । सरकारले यो अबधिसम्म आइपुग्दा जनतालाई राहत र देशको आर्थिक विकास तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा कुनै प्रगति हुन सकेन, सरकार गठन भएदेखि अहिलेसम्म प्रतिपक्ष भन्दा आफ्नै दलभित्रकाले विरोध गरे । संसदमा होस् वा अन्य ठाउँमा प्रतिपक्ष भनेकै आफ्नै पार्टीको एउटा खेमा रह्यो ।

    सरकार निर्माणको यो समयसम्म आइपुग्दा ठूला–ठूला भ्रष्टाचार,बलात्कार, सुनकाण्ड, वाइडबडी काण्ड, ओम्नी काण्ड, बालुवाटार काण्ड मच्चियो तर सरकारले यसलाई त्यत्तिकै पचायो । र यो कुरा पार्टीमा कहिल्यै छलफल हुन सकेन । प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, बामदेव गौतम गुटका नेताहरुले सरकार र प्रधानमन्त्रीको चर्को आलोचना गरिरहेका थिए । सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन भनेर अनलाइन तथा प्रिन्ट मिडियामा प्रत्येक दिन सरकार र पार्टीबिच भएको झगडाको ठूल्ठूला शिर्षकमा समाचार बने ।

    पार्टीले यत्रो कोरोनाको महामारीमा कुनै ठोस नीतिगत निर्णय गर्न सकेन । कोरोनामा सरकार र तीनका नजिकका मान्छे अर्बौ भ्रष्टाचार काण्डमा मुछिए । तर सरकार र नेकपाबिच यो विषयमा कहिल्यै बहस वा झगडा भएन । ६ महिना देश बन्दाबन्दीमा रहँदा लाखौंको रोजगारी गुम्यो,सयौंले आत्महत्या गरिसके । कोरोना संक्रमण दिनदिनै बढेको छ । अहिलेसम्म नियन्त्रण गर्न कुनै संयन्त्र बन्न सकेको छैन र तदारुकता पनि देखाएको छैन । बाढीपहिरोमा परि धेरैको जनधनको नोक्सानी भयो । यो विषयमा बहस र छलफल हुन सकेन । नेकपा र सरकारको खाली दिनदिनै प्रचण्ड–ओली भेटवार्ता कहिले खुमलटार, कहिले बालुवाटार समाचार बनिरहे ।

    आखिर किन र केका लागि पार्टी भित्र द्वन्द रहेछ भन्ने कुरा शुक्रबार स्थायी समितिको निर्णय हेर्दा स्पष्ट थाहा हुन्छ । यिनीहरुको झगडा खाली पद र भागबण्डा, नियुक्तिमा रहेछ भन्ने बुझियो । देशमा यस्ता ठूला संक्रमण आएका बेला यी नेताहरु आफु र आफ्नाको पद र भागबण्डाका लागि झगडाले आम जनता मुकदर्शक बनेर बस्नुपर्ने यो कस्तो व्यवस्थामा रहेछौं ? भन्ने बुझिन्छ । यती लामो समयदेखि देशमा संकट छ । हरेक क्षेत्र तहसनहस भएको छ, तर सरकार र नेकपालाई खाली बालुवाटार र खुमलटार भेलामा भ्याइनभ्याई हुन्छ । के यसकै लागि जनताले दुई तिहाइ मत दिएको हुन् ? जनताले यि नेताको भागबण्डा र पदको विरोध गर्न सक्नुपर्दछ र नेताको यस्ता चरित्रको भण्डाफोर गर्नुपर्दछ ।

    प्रतिक्रिया
    थप समाचार