Online Nepal मंगलबार, बैशाख २५ २०८१

कांग्रेस सत्ताको खेलमा लाग्नु हुँदैन

कांग्रेस सत्ताको खेलमा लाग्नु हुँदैन


गणेश खड्का
  • शुक्रबार, फाल्गुन १४ २०७७

  • मुलुकको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस जसले हरेक परिवर्तनको नेतृत्व गरेका छ । राणा फाल्न देखि लिएर राजा फाल्न समेत संविधान निर्माण देखि कार्यान्वयन सम्म कांग्रेसको अहम भूमिका छ । तर जनताले गत २०७४ सालको निर्वाचनमा कांग्रेसलाई जनताले प्रतिपक्षमा राखे । पाँच वर्ष सम्म प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने र सरकारका राम्रा कामका समर्थन र नराम्रो कामका विरोध गर्न प्रतिपक्षमा पुगेका छ । तर विडम्वना सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्वका कारण सरकार पाँच वर्ष सम्म टिक्न सकेन र संसद नै विघटनमा पुग्यो । तर संविधानका व्यवस्थाता सर्वोच्च अदालतको संसद पुनस्र्थापना गरी दियो । अब फेरी सत्ता गठबन्धनको खेल सुरु भयो । नेकपा दुई टुक्रा भईसकेपछि संसदमा कसैको पनि बहुमत पुगने स्थिती छैन । अब हङ्ग संसद बन्नेछ । संसदमा जुन दलको नेतृत्वमा बहुमत पुग्छ त्यही दलको नेतृत्वमा सरकार बन्छ । अहिले कांग्रेसलाई दुबै नेकपाको प्रधानमन्त्रीको प्रस्ताव छ । तर कांग्रेसले दुबैको प्रस्तावलाई अस्विकार गर्नुपर्दछ । अब कांग्रेस कसैको कोटामा होईन आफ्नो एकल सरकार बनाउँन लाग्नुपर्दछ । त्यो भनेको अब निर्वाचन सम्म वा अबको डेढ वर्ष । जनताले जसलाई बहुमत दिएको हो उसैलाई सरकार बनाई दिनुपर्दछ । यदि कसैको बहुमत पुग्दैंन भने संसदमा सबैभन्दा ठूलो दल जुन हो त्यसलाई सरकार बनाउन दिई छ महिनाभित्र विश्वासको मत ल्याउन दिनुपर्दछ । छ महिनाभित्र विश्वासका मत ल्याउन सकेन भने छ महिना पछि निर्वाचन गर्नुपर्दछ । अहिले सरकारमा कांग्रेस गयो वा उसले नेतृत्व लियो भने ओली सरकारले गरेका विकृति र विसंगतिको भागिदार बन्नुपर्दछ र अर्को चुनावमा जनताले पत्ताशाप गर्नेछन् । त्यसैले कांग्रेसले अहिले नै सरकारको लोभ गर्नुहुँदैन । अब कांग्रेसले आफ्नो तोकिएको समयमा आफ्नो महाधिवेशन गर्ने संगठन विस्तार गर्ने कम्यूनिष्ट सरकारका विकृति र विसंगतिलाई जनतामाझ पुर्‍याउने र सरकारको खबरदारी गर्न, तथा संविधानमा रक्षा गर्नु पर्दछ ।

    प्रतिक्रिया
    थप समाचार