Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेकपाको नाटक कहिलेसम्म ?

नेकपाको नाटक कहिलेसम्म ?


गणेश खड्का
  • शनिबार, फाल्गुन २२ २०७७

  • विगत एक वर्ष देखि सत्तारुढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा) झगडाले देशमा फेरी राजनीतिक अस्थिरता निम्त्याएको छ । गत निर्वाचनमा नेपाली जनताले स्थिर सरकारका लागि नेकपालाई बहुमत दिएका थिए त्यो बहुमत नेकपालाई पचेन र तिन वर्ष नपुग्दै पार्टी फुटेको छ । तर अहिले सम्म नेकपा वैधानिक रुपमा एउटै छ । तीनका नेता र कार्यकर्ता बिच पानी बारबारको स्थिति छ भने दिन दिनै सभा जुलुस विचार गोष्ठी चलिरहेका छ एक अर्का बिच गालिगलौच गर्न । एक समुहले अर्को समुहलाई  कारवाही र नयाँ जिम्मेवारी दिएको छ । यो कस्तो नाटक हो खाली झगडा र भागवन्डामा रमाउने पार्टी । कोरोनाले देशको अर्थतन्त्र तहसनहस भएको बेला यसलाई कसरी उकास्ने, रोजगारी कसरी वृद्धि गर्ने देशविकास कसरी गर्ने, उनीहरुकै घोषणा पत्रमा भने अनुसार सुखी नेपाली समृद्ध नेपाल कसरी बनाउने भनेर लेखिएको छ।  यस्तो विषयमा कहिलै बैठक गोष्ठी भएन खाली भागवन्डा नियुत्ती पद बाँडफाँडमा वित्यो विगत तीन वर्ष ।अनि जनताले यिनीहरुको झगडा सुन्नुपर्ने , समर्थन र विरोध गर्नुपर्ने । अब नेकपाको नाटकीय झगडा नेकपाको मात्र  भएन समग्र नेपालीको चासोको विषय बन्न पुगेको छ । यिनीहरुको नाटकले आम जनताले दुःख कष्ट भोगिरहेका छन् । यो नाटकलाई सर्वोच्च अदालतले संसद पुनस्थापना मार्फत दण्डीत गराएको छ  भने अब निर्वाचन आयोगले अर्को दण्डीत गर्नुपर्दछ । पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले चांँडो फैसला गरी यो नेकपाको नाटकमञ्चन रोक्नुपर्छ । एउटाको पद र प्रतिष्ठाको लागि करोडौ जनताले दुःख पाउन पर्ने ? जनताले प्रचण्ड माधव नेपाल केपी ओली जो प्रधानमन्त्री र पार्टी अध्यक्ष भए पनि सरोकारको विषय भएन तर देशमा स्थिरता हुनुपर्‍यो । शान्ति रहनुपर्‍यो र दैनिक जीवनयापन गर्न सहज हुनुपर्‍यो । खाली एउटा व्यक्ति- व्यक्तिको टकरावटले देशलाई नै बाधक पारी संविधान र व्यवस्थालाई चुनौती दिने काम भइरहेको छ अहिलेको नेकपाको झगडाले। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो नेकपाको नाटकलाई कसैको पक्ष र विपक्षमा नबसी देश र जनताका फाइदाका लागि रहनुपर्छ । अहिले यो नाटकलाई आम जनताले आगामी निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत दण्डीत गर्नुसक्नुपर्दछ नत्र भन्ने हामी खाली यिनीहरुको नाटक हेर्ने र सुन्ने भन्दा बाहेक केही गर्न सक्दैनौ ।

     

    प्रतिक्रिया
    थप समाचार