Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेपालको परराष्ट्र नीतिको संतुलीत बाटो चीन र भारतसँगको संतुलीत संवन्ध कायम गर्नु हो

नेपालको परराष्ट्र नीतिको संतुलीत बाटो चीन र भारतसँगको संतुलीत संवन्ध कायम गर्नु हो


मध्यान्तर
  • बिहिबार, चैत्र ५ २०७७

  • –दीर्घराज प्रसाई

    नेपालको परराष्ट्र नीतिलाई राजनीतिक पार्टिको हिसावले सौदावाजी गर्न खोजियो भने देशभित्र भाडभैलो हुन सक्छ भन्ने कुरा २०१३ साल देखिअहिले सम्मको अवस्थाको पुनरावलोकन गरौं । चीनको औपचारिक भ्रमणमा राजा महेन्द्र, प्रधानमंत्रीहरु टंकप्रसाद आचार्य, बीपी कोइराला, गिरिजाप्रसाद, मनमोहन अधिकारी र सभामुख दमननाथढुंगानाहरुको चीनको औपचारिक भ्रमणको बेलाको अवस्था हेरौं । नेपालको पहिलो औपचारिक चीन भ्रमण २०१३ सालमा प्रधानमंत्री टंकप्रसाद आचार्यबाट सम्पन्न भएको थियो । २०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएकै समयमा नेपाल–चीनमैत्री सन्धि भएको थियो राष्ट्रप्रमुखको हैसियतमा २०१८ सालको राजा महेन्द्रको चीन भ्रमण भएको थियो । चीन भ्रमणमा परराष्ट्रविद् पदमबहादुर खत्रीसमेत सम्मिलित थिए ।
    त्यसबेलाको भ्रमण अत्यन्त सफल र नेपाल–चीन मित्रतालाई सधैं संतुलीत र
    दिगो बनाउन सकेको थियो । २०१६ सालमा निर्वाचीत प्रधानमंत्री बीपी कोइरालाले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यो भ्रमण राजनीतिक दलका नेताको भएता पनि यो भ्रमण संतुलीतथियो ।२०४८ साल जेठमा प्रधानमन्त्री बनेपछि गिरिजा प्रसादले भारतको भ्रमण गरे ।त्यसपछि चीनको भ्रमण गरे चीनको भ्रमणका बेला उनले चीन भ्रमण गर्नेनेपालका प्रथम सरकार प्रमुख बीपी कोइराला हुन् भने । तर, उनले २०१३ सालमाचीन भ्रमण गरेका प्रथम सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१८ सालमा प्रथमराष्ट्र प्रमुखको हैसियतमा चीन भ्रमण गर्ने राजा महेन्द्रको नाम नैलिएनन् । यसले गर्दा चिनियाँहरू प्रधानमन्त्री गरिजाप्रसादसँग केहीसशंकित भए । २०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएकै समयमा नेपाल–चीन मैत्रीसन्धि भएको थियो । यसको पनि गिरिजाबाट भ्रमणमा कुनै चर्चा भएन । ०१८सालको राजा महेन्द्रको चीन भ्रमणमा परराष्ट्रविद् पदमबहादुर खत्री समेत सम्मिलित थिए । त्यसबेलाको भ्रमण अत्यन्त सफल र नेपाल–चीन मित्रतालाई सधैं दिगो बनाउने सुमधुर कसी थियो । ती सबै कुरा प्रधानमन्त्री गिरिजा प्रसादले बिर्सिएको जस्तो गरेर प्रतिशोधको भावनाबाट अभिप्रेरितभएको देखिएकाले नेपाल–चीन सम्बन्धमा ठूलो असमञ्जस्यता देखा पर्न सक्ने
    अवस्था भयो । गिरिजाप्रसाद कोइराला बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएकाले बीपीबाँचुन्जेल उनी बीपीभक्त बने । बीपीको नाममा उनले नेपाली कांग्रेसमा अहंभूमिका खेल्न तत्पर बने र समाजले पनि पत्यायो । तर पछि, गिरिजाप्रसादले जत्ति नै फूलबुट्टा भरेर बोले पनि पनि उनका काम कारबाहीबाट उनी राष्ट्रियराजनीतिमा असफल बने ।२०४९ सालमा सभामुख दमननाथ ढुंगानाको चीन भ्रमण भयो । त्यस भ्रमणताकानेपालका सभामुखसँग औपचारिकवार्तालापको समयमा ग्रेट हल अफ चाइनाकोसमारोहको एक छेउमा राजा महेन्द्रको ठूलो तस्बिर राखिएको थियो । त्यसकोअर्थ के हो रु नेपालका प्रधानमन्त्रीहरूमा मनमोहन अधिकारीमाथि औंलाठड्याउनु पर्ने कुनै पनि देशविरोधी तथा अप्रजातान्त्रिक बुँदा छैनन् ।चीनको चासो हो, पश्चिमाहरूको तिब्बतमाथिको गिद्देदृष्टिबाट नेपालमुक्त रहेर एक चीन नीति अवलम्बन गरिरयोस् । नेपालका स्थायित्वका आधारशीलाहरू कायम रहिरहेमा नेपाल–चीनको सुमधुर स्थायी सम्बन्ध कायम रहन सक्छ भन्ने
    कुरा आत्मसात् गर्न सक्नुपर्छ ।२०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारीको चीनको औपचारिक भ्रमणको औपचारिक भेटघाटमा ग्रेट हल अफ चाइनाको समारोह कक्षमा यो धुन बजाइयो । ‘विश्वमाअग्लो हिमाल, काखमा हाम्रो नेपाल, हाम्रा राजा ठूला छन्, हाम्रो देश mविशाल ।’यो धुन किन बजाइयो र यसको के अर्थ हो रु छलफल भयो ।प्रधानमंत्रीको टीममा सधैँ भएका युगसम्वादका सम्पादक सोमनाथ घिमिरेलेअर्थ लगाए– नेपालका कम्युनिष्टहरू राजा मान्दैनन्, राजा मानून् भनेरचीनले दिएको संकेत हो ।’ त्यसपछि सबै कुरा सामसुम भयो । जे होस्,
    प्रधानमंत्री मनमोहनको भ्रमणको अवसरमा त्यस भ्रमणबाट नेपाल–चीन मित्रतामा
    एउटा राम्रो अध्याय थपियो ।२०४७ सालदेखि नेपालमा भएका प्रधानमन्त्रीहरू मध्ये मनमोहन अधिकारी,कृष्णप्रसाद भट्टराई बदनाम र भ्रष्ट थिएनन् । उनीहरू देशलाई माया गर्ने र प्रजातन्त्रको सुदृढीकरणका लागि संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाका समर्थक थिए । चीन–भारतबीचमा सन्तुलित सम्बन्ध कायम गर्न सक्ने परिस्थिति कायम रहेमा भारत सरकार र उसका गुप्तचरहरूले औंलो ठड्याउने कतै ठाउँ पाउने
    छैनन् ।नेपालको भूमि, राजा, धर्म, भाषा र जातिहरूबीचमा विवाद उठ्न गयो भने नेपालको राष्ट्रियता खस्किँदै जान्छ। यही बुझेर नेपालका पार्टीका नेताहरूलाई भारतीय गुप्तचर संस्था र अको सक्रियतामा युरोपका इसाई राष्ट्रहरू र अमेरिकी गुप्तचर सीआईएले प्रयोग गरेका छन्। उनीहरूले
    नेपालको राजा, धर्म, भाषा र जातीय एकताको तजोवध गर्दै नेपालको एकताकास्रोतहरूलाई भत्काएर नेपालको अधोगति गराउन सक्रिय भएका छन्।
    नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाडौं, ललितपुर, भक्तपुर राज्यमा ठकुरी मल्ल राजाको शासन थियो। गोरखा, बाइसी, चौबीसी राज्यहरू थिए। तराईमा मकवानपुरदेखि मिथिला, कोशी हुँदै टिष्टासम्म हिन्दुपति सेनवंशी राजाहरूको शासन थियो। राप्तरीदेखि पाल्पा हुँदै पश्चिम तराईमा पनि सेनवंशीराजाहरूको आधिपत्य थियो। सेनवंशी राज्यमा नेपाली भाषा र विक्रम संवत्चल्तीमा भएको कुरा अनेकौं अभिलेखहरूमा उल्लेख छ। नेपालको एकीकरणभन्दा अगाडि मधेसको नाम निशाना नै थिएन। हिमाल–पहाडको तुलनामा तराई क्षेत्र
    सुविधायुक्त, सुगम तथा उर्वरा भूमि हो।श्री ५ महेन्द्रबाट तराई क्षेत्रमा औलो उल्मूलन गराई आवश्यताअनुसार बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योगहरूको व्यवस्था गरिएको हो। तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेको छैन। तर केही विखण्डनकारीहरू तराईलाई विभेद गरिएको छ भनेर नेपालको एकतामा भाँजो हाल्नसक्रिय छन्।अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरूलाई एकीकरण गरेको बेलादेखिको नेपाल विश्वको एकमात्र हिन्दुअधिराज्य हो।हिमवतखण्डमा विभिन्न जाति,जनजातिहरू बीचमा अनेकतामा एकता कायम हुनु तराई,पहाड, हिमाली क्षेत्रका नेपाली जातिको स्थापित मान्यता हो। पश्चिमाहरूले इसाई साम्राज्य स्थापना गराएर हिन्दु तथा बौद्धको अस्तित्व समाप्त गर्न खोजेको देखिन्छ। हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिश्चियन हुन्। मुसलमानहरू नेपालको एकीकरणमा पृथ्वीनारायण शाहलाई साथ दिएकाले हामी मुसलमानप्रति आक्रोशित छैनौं। तर क्रिश्चियनहरू नेपालको पहिचानलाई ध्वस्त बनाउन चाहन्छन्। क्रिश्चियनहरू हिन्दु र नेपालप्रति नकारात्मक छन्। राजा वीरेन्द्रबाट चीनको भ्रमण हुँदा चीन संतुष्ट थियो । नेपाल र
    चीनबीचको संवन्ध राजा वीरेन्द्रको समयकालमा अत्यन्त संतुलीत थियो । त्यस्तै राजा ज्ञानेन्द्रको चीनसँगको नाता अत्यन्त मैत्रपिूर्ण थियो । एकचीन नीतिमा नेपालका राजाहरु दृढ थिए । तर २०६३ सालपछि नेपाल, चीन, भारतबीचमा समझदारी खल्बलिएको छ । २०६३ सालदेखि एकचीन नीतिमा नेपालसँग चीनले भरपर्दो हिसावले सोचेको छैन । उता अमेरिकाले चीन टुक्रयाउन फ्रि तिब्बतको अभियान छोडेको छैन । हिजो अमेरिकी राष्ट्रपति ट्रमको समयमा नैं हाउस अफ रिप्रन्जेटिभ र सिनेट दुबैबाट चीन स्वतन्त्र गराउने कानून पारित गरिएको छ, भनिनछ । यता आफ्ना विश्वासप्राप्त एजेन्ट आर्जु देउवा र शेरबहादुर देउवालाई प्रयोग गरेर चीनको नेपाल प्रवेशमा बाटो फराकिलो हुन नदिन, ल्बक गर्ने हेतुले र सुवागढीको टिमुरेमा पहिलो पटक ११ रोपनी त्यसपछि ११ रापनी थपेर २२ रोपनी लगायत जम्म २०० रोपनी जग्गा अमेरिकी दूतावासको पैसामा उनीहरुले आफ्रना कार्यकताहरुको नाममा रजिष्ट्रेसन गरिसकोछ, भनिन्छ ।
    यसरी अमेरिकाले नेपाललाई आधार इलाका बनाएर जवरजस्त एससीसी पनि पारित गराउने र नेपालभित्र आफ्रनो पहुँच राखेर चीनमा आक्रमण्क हुने अमेरिकाको खतरनाक सोचाई चीन, नेपाल मात्र होइन, एशीयालाई नैं अशान्त बनाएर तेस्रो विश्वयुद्धको अवस्था सिर्जना गर्न खोजेको हुँदा अव हामी सम्पूर्ण
    नेपालीहरुले नेपालको सार्वभौम अस्तित्व, एकता र कुनै पनि विदेशी हस्तक्षेपबाट मुक्त हुन सचेत हुनुपर्ने बेला यही हो । त्यसैले अहिले नेपाल साहै्र खतरनाक अवस्था छ। अतः विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बाको रुपमा स्थापित राजसंस्थालाई ससम्मान गरेर नेपालको सार्वभौम अस्तित्व बचाउन हामी सबै एकत्रित बनेर चीन तथा भारतकोबीचमा सँधै संतुलीत संवन्ध कायम राखेर नेपालको परराष्ट्र नीतिलाई विवादास्पद नबनाई, देशको गौरवमय प्रतिष्ठा कायम राख्न, नेपालमा राजाको उपस्थितिमा जुनसुकै पार्टी सत्तामा आए पनि राष्ट्रको हितमा सँधै सचेत हुनसक्नु पर्छ ।

     

    प्रतिक्रिया
    थप समाचार