Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अध्यादेश

अध्यादेश


मध्यान्तर
  • सोमबार, भाद्र ७ २०७८

  • नेपालमा विगत डेढ बर्षदेखि एउटा शव्द आम नेपालीहरुको मुखमा झुन्डीरहेको छ । त्यो हो ,अध्यादेश । के हो ? अध्यादेश अध्यादेश एउटा कानुन हो जुन संसद नरहेको खण्डमा सरकारलाई काम चलाउन ल्याइन कानुन हो । जसलाई संसद खुलेपछि वहुमतले पारीत गनुपर्दछ । तर नेपालमा अध्यादेश को आफुखुसी व्याख्याले यसको बदनाम हुन थालेको छ । र सरकारले यसलाई रुपमा स्वार्थको रुपमा प्रयोग गर्दा आम जनतामा गलत व्याख्या पुगेको छ । विश्वका लोकतान्त्रीक शासन प्रणाली भएका देशहरुमा अध्यादेश एउटा सरकारको नियमित प्रकुया मानेका छन् ।

    तर हाम्रो देशमा त्यसलाई अलोकतान्त्रीक र प्रतिगमनको संज्ञा दिएका छन् । हो कतिपय अवस्थामा सरकारको निजि स्वार्थका कारण यो प्रतिगमन र अलोकतान्त्रीक हुन पुग्छ । अव यहाँ अघिल्लो सरकारले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशमा फरक के छ वा एउटै हो त्यसको व्याख्या छ ।

    अघिल्लो सरकारको पालामा ल्याएको अध्यादेश एउटा विशुद्ध निजि स्वार्थ र आन्तरीक पार्टीका द्धन्द्धका कारण आएको थियो । संसदमा स्पष्ट बहुमत हुदाहुदै ओली सरकारले ल्याएको थियो त्यो अध्यादेश ओली सरकारलाई आन्तरीक पार्टीवाट सरकार संचालन गर्न असहज भएपछि आएको थियो । अध्यादेश संसदमा बहुमत भएको पार्टीलाई आवश्यकता थिएन , अर्को अध्यादेशको प्रकुती संवैधानिक अंगसम्बन्धि ल्याएको अध्यादेश जुसमा विपक्षि दलको सहभागी बिना सवैधानीक परिसदको वैठक बसी निर्णयहरु जर्न सकिने थियो , जुन संविधानसंग वाधिने थियो त्यो अध्यादेश असवैधानीक तथा प्रतिगमन भयो । विपक्षी र आफ्ना विरोधी हरुलाई ल्याएको अध्यादेश कसरी लोकतान्त्रीक भयो जसको कारण अघिल्लो सरकार ढल्यो त्यसैले संसदमा बहुमत हुँदा हुदै पनि अध्यादेश आउछ भने त्यो असवैधागिक भयो सरकारलाई काम गर्न असजीलो भयो भने विधयक ल्याएर संसदमा प्रस्तुत भइहाल्छ ।

    अव अहिलेको सरकारले ल्याएको अध्यादेश चाँही सरकार संचालनको हतियार भएको छ । संसदमा अहिले कुनै पनि पार्टिको स्पस्त बहुमत छैन् । संसदमा पेश भएका विधेकहरु पास हुने सम्धावाहरु छैन । पास भएन भने सरकारको नैतिकता गुम्छ त्यसपछि कि त प्रधानमन्त्रीले राजिनामा दिनुपर्दछ , कि त संसद विघटन गनुपर्दछ । दुईवटै अलोकतान्त्रीक र अव्यवहारीक हुन्छ । त्यसैले संसद र जनमतलाई कदर गर्न राजनितिक दल सम्बन्धि व्यावस्थाालाई परिमार्जन गर्न अध्यादेश आवश्यक थियो । जसले सरकारको स्थायितोलाई कायम गरी संसदको पुर्ण कार्यकाल पुरा गर्न पाउछ । यसले संविधानलाई पुर्ण रुपमा कायाएन्यन गरी लोकतान्त्रीक व्यवाथालाई थप बलीयो बनाउँछ ।

    प्रतिक्रिया
    थप समाचार