Online Nepal बिहिबार, बैशाख २० २०८१
विचार

दलित मुक्तिविनाको समाजवाद राजनीतिक अभिष्ट पुरा गर्ने मेलो !

दलित मुक्तिविनाको समाजवाद राजनीतिक अभिष्ट पुरा गर्ने मेलो !

मानव मुक्ति पहिलो प्रश्न नै दलित मुक्ति हो


रसुवाली कवी
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । मेरो एकजना प्रिय मित्र छन महाबीर बिश्वकर्मा । उनलाई एकजना स्वनामधन्य चलचित्रकर्मी (जो ओशोका भक्तसमेत हुन )ले भनेछन् ए भाइ हामीले सकारात्मक भएर सोच्ने हो नी । कसैले तिमीलाई छुवाछूत गर्छ भने त्यो उसको कुरा तिमी हासेर सहिदेउ न । उसको चरीत्र त्यस्तै रेछ भन्ठान न । चुप लाग हिड । यो एकजना शिक्षित र दिक्षित कुरा भयो ।

    आहुतीको बहुचर्चित बर्णाश्रम बारेको पुस्तकमा दलित नेतालाई बाहिर राखेर बसिएका कम्युनिस्ट पार्टीको बैठक र गरिएको परिपत्र बाचनका प्रसङ्ग छन् । आज पनि कम्युनिस्ट पार्टीका नेता मन्त्री राजदूत आदीका घरमा दलित पस्न मनाही छ । कुकुरको जुन स्थान र मोज छ, शहरिया परिवारमा दलितहरु त्यति स्थान पाउने अबस्थामा पुगेका छैनन् । प्रचण्डको घरबाट निकालिएका एक जना दलित पात्रकोबारे जन आस्था साप्ताहिकले प्रथामिकताको साथ समाचार नै प्रकाशित गरेको थियोे ।

    आज पनि गाउँ दलित मैत्री छैन । उच्च जातका आगनमा सुकाइएका थालमा झल्किन्छ दलित हुनुको पिडा । सोच्नुस जसलाई मान्छे नहुनुको हिनताबोध छ भने त्यो जतिको पिडा के हुन्छ । दलित हुनु भनेको यो देशमा मान्छे नहुनु हो अछुत हुनु हो । गाली शब्दमा दमाई कामी जस्तो भन्नू सामान्य भैसक्यो ।

    देशमा महिला अधिकारको लामो बहस छ । निरन्तर दस सेकेन्ड महिलासंग आँखा जुधाउनु आइ सेक्स मामिला भैसक्यो । जनजाति आन्दोलन तीब्र छ । पहिचानको लागी माओवादी आन्दोलनले जातीय मुक्तिको लागी मानिसहरूलाई आन्दोलित हुन बाताबरण बनाएको थियोे जो जारी छ । अपांगको अधिकार पनि स्थापित हुँदैछ । आजको दिनमा दलितको वारे कोही बोल्दैन । साहित्य चलचित्र संगीत र पत्रकारिता दलितमैत्री छैनन् । फिल्म त दलितलाई मजाक उडाएर बनाइन्छ । दलित मुक्तिको बहस महावीरजीको रेडियो कार्यक्रम बहकिने मन जस्तै कतै वहकिरहेका छ ।

    मेरो एकजना स्कुले पण्डित साथी थिए गाउँमा नाम चलेका पुरोहितजी । कहिलेकाही उनीसग रुद्री श्राद्दमा हिडदा खाएको सेलरोटी पुवा अनि अचारको खुव याद आउँछ । हिन्दु धर्मको कठोरता पसेको उनको मनले अन्जानमा मन परायो एक दलित युवती । जनै कानमा राखेर उनले मनको नायिकासँग ननभेज चाउमिन पनि खाए । अन्तिममा जातीय कारण उनले रुदै आफ्नु प्रेमलाइ अन्त्य गरे । आज ती दलित युवतीको वालबच्चा भैसकेको छ । बाबुराम भट्टराईले भने जस्तो समाज अन्तरजातीय बिवाह गरेर सरकारी पुरस्कार खाने अबस्थामा छैन ।

    मानव मुक्ति पहिलो प्रश्न नै दलित मुक्ति हो । राजनीति आन्दोलन पनि दलित मुक्तिको लागि प्रतिबद्ध हुनुपर्छ । दक्षिण एसियामा दलित मुक्ति बिनाको समाजवाद भात पचाउने कुरा मात्र हो । यसैले आजको दिनमा मुख्य इस्यु नै दलित मुक्ति हो ।

    प्रतिक्रिया
    थप समाचार