Online Nepal सोमबार, बैशाख १७ २०८१

प्रगतिवादी लेखकले यतिबेला विवाद गर्ने समय होइन !

प्रगतिवादी लेखकले यतिबेला विवाद गर्ने समय होइन !


बैरागी जेठा
  • बुधबार, चैत्र २० २०७५

  • काठमाडौं । देशमा ठूल्ठूला राजनैतिक संघर्षहरु भइसकेका छन् । संघर्षहरुको निमित्त सम्पूर्ण पार्टीलाई एकगठ तुल्याउनमा विचारधारात्मक विद्वानहरुको शिक्षा मुख्य कुरा हो भनी प्रगतिवादी लेखकहरुले बुझ्नुपर्छ । यसो नगरेसम्म कुनै पार्टीले अर्थात् आफूलाई कम्युनिष्ट भन्नेहरुले आफ्ना राजनैतिक ,भाषा साहित्य र साँस्कृतिक कामहरु पुरा गर्न सक्तैन ।

    हाल प्रगतिशील लेखक संघ नेपालका बुद्धिजीवीहरुमा विचारधारात्मक र राजनैतिक काम घट्दै गएकाले विवाद देखिएको हो । केही अस्वस्थ प्रवृत्तिहरु देखापरेका छन् । केही मानिस के ठान्छन् भने अब कसैले राजनीति अथवा मातृभूमिको भविष्य र मानव जातिका आदर्शहरुबारे चासो लिइरहनुपर्ने ,लेखिरहनु पर्ने कुनै आवश्यकता छैन ।

    माक्र्सवाद कुनै बेला प्रशस्त उच्चतामा पुगेको थियो तापनि हाल यसको उस्तो चलन छैन भने झैँ प्रलेसमा देखिन्छ । यस्ता प्रवृत्तिहरुका विरुद्धमा हामीले आफ्नो प्रगतिशील लेखक संघबाट विचारधारात्मक र राजनैतिक कामलाई अवश्य दरो बनाउनु पर्छ । टुटेर हैन फुटेर हैन मित्रहरु ! प्रगतिशील बुद्धिजीवीहरु र पार्टी कार्यकर्ताहरुले परिश्रम पूर्वकअध्ययन गर्नुपर्छ ।

    आफूले विशेषता प्राप्त गरेका विषयहरुका साथै ,उनीहरुले विचारधारात्मक र राजनैतिक दुबै दृष्टिबाट प्रगति गर्दै प्रगतिशील लेखन शिक्षा अगाडि बढाउँनुपर्छ । यसको अर्थ हो प्रगतिशील लेखकसंघ नेपालका केन्द्रीय सदस्यहरुले मालेमा वाद ,वर्तमान घटनाहरु र राजनीतिको अध्ययन गरुन् र गर्न लगाउँन । कुनै पनि पार्टीहरुमा सही राजनैतिक दृष्टिकोण नहुनुले आज लेखक संघमा विवाद हुनु र प्राण नभएको वस्तु सरह भएको अवस्था हो । लेखक संघका सबै विभाग र संगठनमा बस्नेहरुले आफ्नो उत्तरदायि भूमिका निर्वाह नगर्नु हो ।

    लेखक संघको केन्द्रीय सदस्यहरुले विचारधारात्मक र राजनैतिक काममा आफ्नो उत्तरदायित्व नबोकेर आज चरम विवादमा होमिन पुगेको हो । यो कुरा जुन जुन कम्युनिष्ट पार्टीका नेतृत्व छन् तिनले यो कुरा बुझ्न आवश्यक छ । लेखकहरुले आफ्नो कामको जिम्मा लिएका संगठनका विभागहरु र विशेष तवरबाट शैक्षिक तथा साँस्कृतिक संस्थाका प्रमुखहरुको जिम्मेवारी भूमिका हुनुपर्छ र र हनुपर्छ ,त्यसपछि सम्पूर्ण विवादहरुको अन्त्य हुने छ ।

    प्रतिक्रिया
    थप समाचार