Online Nepal आइतबार, बैशाख २३ २०८१

नयाँ सरकार गठनमा प्रचण्ड ‘किङमेकर’ हुन्ः लक्ष्मणलाल कर्ण

नयाँ सरकार गठनमा प्रचण्ड ‘किङमेकर’ हुन्ः लक्ष्मणलाल कर्ण


दिपक दुलाल
  • आइतबार, पुष १६ २०७४

  • राष्ट्रिय जनता पार्टीका जेथन लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने माओवादीका नेता प्रचण्डको हातमा रहेको बताएका छन् ।

    सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेस लगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ’ उनले भनेका छन् ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजपा नेता कर्णले वाम गठबन्धनमा अध्यक्ष र प्रधानमन्त्री को भन्ने प्रष्ट नदेखिएको बताए ।

    संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको उनले बताए । उनले भने, ‘मैले पहिला पनि भनेको छु कि हामीले राजनीति गरेको साधुसन्त बन्नका लागि होइन । राजनीतिको मुल कोर्स नै सरकार हो ।’

    यद्यपि आफूहरुको प्राथमिकता सरकारभन्दा संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे । सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित रेशम चौधरीले पुष्टि गसिसकेको उनको दाबी छ ।

    निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार