Online Nepal बिहिबार, बैशाख २० २०८१

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने जनाएको छ । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको  छ ।

    सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै प्रदेशसभा बैठक बोलाइएको भन्दै कांग्रेसले  बहिष्कार गर्ने भएको हो ।

    आज बसेको कांग्रेस गण्डकी प्रदेश संसदीय दलको  बैठकले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु गैरजिम्मेवार कदम रहेको निष्कर्ष निकालेको छ । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार