Online Nepal बिहिबार, बैशाख २० २०८१

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्।

    एमालेले शनिबारदेखि गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २ हजार ४ सय ५४ जना सहभागी हुने जनाएको छ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए।

    उनका अनुसार, बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

    राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को प्रथम बैठक वैधानिक हिसाबले सबभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ।

    यसैगरी एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष (हिरक महोत्सव)का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजना गर्ने जनाएको छ।

    उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार