Online Nepal बिहिबार, बैशाख २० २०८१

कोसीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

कोसीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । कोसी प्रदेशसभाको बैठकमा पेस भएको मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन लगायतका विषय समाबेश संकल्प प्रस्ताव पारित भएको छ ।

    शुक्रबार बसेको बैठकमा एमालेको संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख अमरबहादुर बिष्टले प्रस्ताव फिर्ता लिन समय दिए पनि फिर्ता नगरेपछि निर्णयार्थ प्रस्तुत गरे । यसअघि प्रस्तावमाथि छलफल भई मुख्यमन्त्री केदार कार्कीले उठेका विषयमा जवाफ दिएका थिए ।

    बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने दाबी गरे । भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।

    यसको पक्षमा ५२ सांसद रहेको, विपक्षी नउठेको र र मत दिन्नौँ भन्ने तीन सांसदको मत विभाजन भएको जानकारी गराइ विष्टले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

    प्रतिक्रिया
    थप समाचार