Online Nepal आइतबार, बैशाख २३ २०८१

नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू

नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको हो ।

    दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान एक्लाएक्लै वार्ता भएको थियो। द्विपक्षीय भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

    परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन्। नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

    यसै गरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । बुधबार नै प्रधानमन्त्री प्रचण्डले कतारी राजा थानीका सम्मानमा होटेल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन् । कतारी राजा थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार