Online Nepal बिहिबार, बैशाख २० २०८१

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


मध्यान्तर
  • आइतबार, पुष १६ २०७४

  • सर्लाहीमा गएराति भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

    नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपाकिाल–६, लक्ष्मीपुर कोद्राहमा ज १ त २२१३ नम्वरको ट्रयाक्टर पल्टिँदा सोही स्थानका २० वर्षीय जनसहिल मन्सुर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी–१, लखन्देही पुलमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । नवलपुरतर्फ जादैं गरेको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४, सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

    नवलपुरमा ट्यूसन पढेर साइकलमा घर फर्किंदै गर्दा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्बरको ट्रकले ठक्कर दिन पुगेको थियो ।

    प्रतिक्रिया
    थप समाचार