Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१
कांग्रेस बैठक

कांग्रेस बैठकमा विधान विवाद कायमै, बैठक अनिश्चित

कांग्रेस बैठकमा विधान विवाद कायमै, बैठक अनिश्चित


मध्यान्तर
  • बिहिबार, पुष ५ २०७५

  • hgkhjflhfl

    काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विधान विवाद कायमै रहेको छ। पार्टिलाई संघिय संरचनामा ल्याउनका लागी बस्न लागेको कांग्रेस महासमिती बैठक विधान विवादका कारण अनिश्चित बनेको हो । महासमिती बैठक पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक बोलाईएको थियो ।

    कांग्रेसले विधान अनुमोदनका लागि यहि मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, महासमिति सुरु भएको ६ दिन बित्न लाग्दा पनि महासमितिमा पेश गर्ने विधानमा केन्द्रीय समितिमै सहमति नजुट्दा महासमिति सदस्यहरुले छलफल नै गर्न पाएका छैनन् ।
    कांग्रेस शीर्ष नेता र केन्द्रिय समिती विच विधान संसोधनमा दोहोरी चलेको छ । जसका कारण महासमिती बैठकमा विधानबारे छलफल हुन पाएको छैन् । लगातार केहि दिन सम्म काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धारित समयमा नसकिएपछि विहिबारबाट स्थान परिवर्तन गरेर पार्टी कार्यालय सानेपामा सारिएको छ ।

    अहिले सम्म कांग्रेस महासमिती बैठकले केन्द्रीय पदाधिकारी कति राख्ने, उनीहरुको चयन प्रक्रिया के हुने भन्ने छलफल समेत गर्न सकेको छैन् । जसकारण कांग्रेसलाई संघीय संरचना अनुरुपको विधान अनुमोदन गर्न सकस भएको हो ।

    काँग्रेसका शीर्ष नेताबीच मंगलबार राति सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना तथा कोषाध्यक्ष १ जना गरी ८ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । कोषाध्यक्षबाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरुबीच भएको यो सहमति बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अस्वीकार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार