Online Nepal बिहिबार, बैशाख २० २०८१

नेविसंघः गुटसंग हैन एजेण्डासंग सरोकार राखौ

नेविसंघः गुटसंग हैन एजेण्डासंग सरोकार राखौ


चन्द्र विक
  • आइतबार, पुष २२ २०७५

  • काठमाडौं । नेपाल विद्यार्थी संघ १२ औ महाधिबेशनको संघारमा छ । १२ महाधिबेशन सम्म आउदै गर्दा नेविसंघले नयाँ विद्यान समेत पारित गरेको छ । यो विद्यानले कतिपय विद्यार्थी साथीहरुको चित्त नबुझेको होला । यसैले यो वा त्यो बाहानाले अधिबेशन रोकिनु हुन्न । अधिबेशनमा ल्याउने एजेण्डाहरु सबै विद्यार्थी साथीहरुको मर्मलाई बुझेर ल्याईने छ । यसलाई हेरफेर गर्न सक्नु पनि पर्दछ । जुन अहिलेको आवश्यकता पनि हो । अहिले नेविसंघको नयाँ विद्यान आएपछि अब आउने नेतृत्व सक्षम र सबल आउने छ । अहिले नेविसंघले उमेर हदबन्दि सुरु गरेको छ । अब आउने नेतृत्व कस्तो हुने भन्ने कुरा सबैको चासोको विषय बनेको छ । अब आउने नेतृत्वले के नेविसंघलाई सहि मार्गमा लिएर जान्छ त रु यो प्रश्न यतिबेला नेविसंघमा खडा भएको छ ।

     

    सात दशक लामो ईतिहास बोकेको नेविसंघको माउ पार्टि नेपाली कांग्रेस अहिले गुट, उपगुटको दलदलमा फसिरहेको छ । यसको प्रत्यक्ष असर नेविसंघमा पनि पुगेको छ । जसका कारण नेपाली कांग्रेसले स्थानीय तहमा ठुलो हार समेत व्यहोर्नु पर्यो । यसले केहि समय त पाटिमा हल्ली चल्ली नै मच्चीयो । नेता कार्यकर्ताहरुले एक अर्कालाई दोष लगाए । तर, यसमा सबैको दोष थियो । सबै भन्दा ठुलो दोष नेतृत्वकै थियो । त्यो यसकारण थियो । नेतृत्व गर्नेहरुले आफु र आफ्ना पक्षका नेता कार्यकर्ताहरुको नजरमा बलियो देखिन काम गरे । अनि तलका कार्यकर्ताहरुले पनि त्यहि गर्न थाले जुन नेतृत्वले सिकाउदै गयो ।

    यसैको सिको नेविसंघका नेता कार्यकर्ताहरुले पनि गर्न थाले सुरुवातिमा २०२७ सालमा एउटा जेलबाट सुरु भएको नेविसंले राम्रै काम गरेको छ । नेपालमा विद्यार्थीहरुको शैक्षिक सुधारका क्षेत्रमा आफ्ना माग र अडानहरु पुरा गर्नको लागी संगठनका हजारौ साथीहरुले रगत बगाएका छन् । कैयौ साथीहरुले ज्यानको बलिदान समेत दिएका छन् । यसको कारण पनि त्यहि हो नेविसंघको वर्तमान फेरियोस हाम्रो पार्टि कांग्रेस फेरियोस र बलियो बनोस् । पहिले जुन हौसलाका साथ नेविसंघ बनाईएको थियो । त्यो आशा निराशामा परिवर्तन नहोस । नेतृत्वले सहि ढंगले आफ्नो भुमिका निर्वाह गर्ने हो भने नेविसंघले नेपालको ईतिहास बदल्न सक्छ । तर, अहिले भने आन्तरिक द्वन्दका कारण लोकतन्त्रको अभावमा थला परेको छ ।

    आन्तरिक द्वन्दकै कारण नेविसंघले महाधिवेशन गर्न सकेको छैन् । अहिले यसको रुप परिवर्तन भएको छ । नेविसंघ नयाँ बाटोमा अगाडि बढिरहेको छ । नेविसंघले आफुलाई सुधार गर्दै गर्दा संघिय संरचना सहितको बिधान ल्याएको छ । नयाँ ढंगले आफ्ना कामहरुलाई लिएको छ । विभिन्न समयमा अधिबेशनको मिती समेत तोकिसक्दा पनि अधिबेशन गर्न सकेको थिएन । अब भने नेविसंघको अधिबेशन पनि हुने भएको छ । पौष २७ गते सम्म हुने लगभग तय भई सकेको छ । केहि जिल्लाका अधिबेशन भईसकेका छन् । यसमा पार्टिले पनि ध्यान दिन आवश्यक रहेको छ । पार्टिको महासमिती बैठकका कारण अधिबेशन केहि समय सर्ने देखिएको छ । यसैले अब पार्टिले समय दिएर अधिबेशन छिटो छरितो गराउनै पर्ने देखिन्छ ।

    २०२७ साल बैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघ पञ्चायत र निरकुंश राजतन्त्र विरोधी आन्दोलनमा प्रभावकारी शक्तिका रुपमा स्थापित भएको थियो । राजनीतिक र शैक्षिक एजेण्डामा आफूलाई खरो बनाएपनि आन्तरिक लोकतन्त्रको अभ्यासमा चुकेका कारण नेविसंघ अप्ठ्यारोमा परेको हो । अहिले आउदै गर्दा नेविसंघले धेरै कामहरु गरेको छ । तर, आन्तरिक द्वन्दकै कारण आफ्नो छविलाई काम गरे अनुरुप देखाउन सकेको छैन् । नेविसंघको माउ पार्टि नेपाली कांग्रेसको महासमिती बैठकका कारण अधिबेशन अलि पछाडि सारिएपनि अब पार्टि र नेविसंघ लगायत सबै संघ संगठनहरु नयाँ योजनाका साथ सुधारोन्मुख हिसाबले अघि बढ्ने छन् ।

    विद्यार्थी राजनीतिमा क्रियाशील रहेका अधिकांश नेताहरु उमेर हदबन्दि लगाएपछि अन्योलमा छन् । अबको बाटो कता ? पार्टि या विद्यार्थी राजनिती भन्ने भएको छ । उनीहरुलाई पार्टिले व्यवस्थापन गर्नुपर्छ । यो पार्टिको दायित्व पनि हो र जिम्मेवारी पनि हे । किनकी भोली कांग्रेसलाई सहि दिशामा लैजान उनीहरुको भुमिका अहम हुनेछ । पटक पटक उमेर हदबन्दिकै कुरा नमिल्दा नेविसंघको महाधिबेशन दर्जनौ पटक मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन ।

    विद्यार्थी राजनीतिमै रहेर राजनिती गरिरहेका अधिकांस नेताहरु अहिले ताम झामका साथ महाधिबेशनको तयारीमा जुटेका छन् । पार्टी नेतृत्वको गुटबन्दीको छायाँबाट अलग हुने आशा अबको महाधिबेशनले तयार पार्ने छ । गुटले पार्टिलाई भन्दा व्यक्ति प्रतिको वफादारिता बढ्नुले नेविसंघलाई यो हालतमा ल्याइ पु¥याएको हो । विद्यार्थीसंग घुलमिल गरेर केही नपाइने भएकै कारण नेविसंघका नेताहरुले आफुलाई गुटबन्दिबाट टाढा राख्न नसकेको हुन ।

    चारपटक महाधिवेशन भइसक्नुपर्ने अवधीमा एकपटक पनि महाधिवेशन हुन नसक्नु नै नेविसंघका लागि अभिशाप भइसकेको छ । त्यसैले हरेक वर्ष आउने बैशाख ६ को मिति र नेविसंघको स्थापना दिवसले कांग्रेसजनका लागि नेविसंघको गर्विलो ईतिहास सम्झेर गम खाने बाहेकको महत्व बोक्न छाडेको छ ।

    यो महाधिबेशन पश्चात नेविसंघले विद्यार्थीका हक र अधिकारका निम्ति नयाँ खाका र एजेण्डा सहित लागी पर्नुपर्नेछ । जसले दशकौ लामो नेविसंघको आन्दोलनलाई सहि दिशामा ल्याउने छ ।

    अबको बाटो
    नेविसंघको सबै भन्दा ठुलो कमजोरी भनेकै गुटबन्दि हो । यसैले गुटमा लाई छाडेर एकताको सन्देश दिन आवश्यक छ । अब आउने पछिल्ला हाम्रा आस्थावान नेता कार्यकर्ताहरुलाई यसले सहि सुचना प्रबाह गर्नेछ । यति मात्र हैन्, यसले अन्य कार्यकर्ताहरुलाई सिद्धान्तको सहि मार्गमा रहेर राजनिती गर्न साहस पुग्ने छ । साथै यसले नेपाली कांग्र्रेस र नेविसंघ लगायत प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने नेता कार्यकर्ताहरुलाई आकर्षणको मार्ग विन्दुमा ल्याउने छ । नेपालको प्रजातान्त्रिक आन्दोलनले नेपालमा उपलब्धी हासिल गर्नेछ । यसलाई अन्त्यका लागी हामीले नेतृत्वलाई गाली गलौज गर्नु भन्दा हामी आफै सहि बाटोमा लाग्न सक्नु पर्छ । तब मात्र नेविसंघ बलियो हुनेछ । अब नेविसंघले पार्टिलाइ पनि आफ्नो बाटोमा ल्याउन सक्नुपर्छ । हामी उदाहरणिय बन्नु पर्छ । ताकि पार्टि तथा अग्रज नेताहरुले हामीबाट सिकुन ।

    यदि हाम्रो संठनलाई हामीले अरुसंग बलियो रुपमा उभ्याउनु छ भने पहिले आफै सुध्रिन जरुरी छ । हामीले एक ठिक्का भएर लाग्नै पर्छ । अब हामीले नेपालको संघिय प्रणाली अनुसारको शैक्षिक एजेण्डा हाम्रो प्रमुख एजेण्डा बनाउनु पर्छ । यसलाई सरकार तथा सर्वसाधारणको माझमा ल्यायौ अन्य संगठनहरुको विचमा पनि उदाहरण बन्नेछ । यस्तै स्कुल तथा कलेजमा आर्थिक समस्याकै कारण विद्यालय छोड्ने विद्यार्थीलाई निशुल्क अध्यायन गर्न पाउनु पर्ने मागलाई हेरफेर गर्नुपर्छ ।
    अबको अधिबेशनमा नेविसंघले शैक्षिक अनियमितता गर्ने विद्यालय तथा क्याम्पसहरुलाई सुधार गर्ने योजना सहितको एजेण्डा ल्याउनु पर्छ । नेपाली युवाहरु ठुलो संख्यामा दैनिक रुपमा विदेशी रहेका छन् । अत्याधिक गर्मिहुने खाडि मुलुकमा पसिना बगाई रहेका छन् । नेपालका राजनितीक दलहरुले त्यहि पसिनाबाट कमाएको पैसाबाट नेपालमा राजनिती गरिरहेका छन् । अब नेपाली युवाहरुलाई खाडिमा नभई नेपालमै स्वरोजगार मुलक कार्यक्रम ल्याउन आफ्नो क्षेत्रबाट नेविसंघ अहम भुमिका खेल्नु आवश्यक रहेको छ ।
    नेविसंघले जसरी नेपालबाट पञ्चायती व्यवस्था फाल्न आफ्नो अडान लिएको थियो । यहि भुमिका अबको राज्यसत्ता चलाउनेलाई पनि लिनु पर्छ । पछिल्लो समयमा नेपालमा राजा दोहोरिएको भान भईरहेको छ । नेपालमा संघिय सरकार आएपछि धेरै जनताहरुको गुनासो गर्ने एक स्थान मात्र भएको छ । जताततै सरकारको विरोध भईरहेको छ । तर, हामी प्रमुख प्रतिपक्षि हुदाहुदै पनि जति बोल्नु पर्ने आवश्यक थियो । हामीले बोल्न सकेका छैनौ । बोल्न सक्ने सामर्थ राख्नु पर्छ । नेविसंघले प्रमुख प्रतिपक्षिको भुमिका पनि अब खरो भएर उठाउन जरुरी छ । नेविसंघले मावि देखी उच्चमावि, बहुमुखी, सिईभिटी र नगर सम्मका अबिधेशनहरु गर्दै जिल्लालाई मजबुद बनाउने । अनि प्रदेश हुदै केन्द्रलाई बलियो बनाउदै लैजाने योजनामा लाग्नु पर्छ ।

    (लेखक चन्द्र विक नेविसंघ केन्द्रिय सदस्य हुन ।)

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार