Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मोटरसाईकलमा मान्छे बोक्न अवरोध नगर्न प्रधानमन्त्रीको निर्देशन

मोटरसाईकलमा मान्छे बोक्न अवरोध नगर्न प्रधानमन्त्रीको निर्देशन


मध्यान्तर
  • बिहिबार, माघ ३ २०७५

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाई कलमा मान्छे बोक्न अवरोध नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टुटल र पठाओले ल्याएको नयाँ कार्याले यात्रुलाई सहज भएका कारण यसलाई अवरोध नगर्न निर्देशन दिएका हुन् ।

    तर, मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउनका लागि दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरु लागिपरेका छ् । उनीहरुले यसलाई रोक लगाउनुपर्ने माग राख्दै आएका छन् ।

    प्रधानमन्त्रीले टुटल र पठाओकै विषयमा यो नबोको प्रधानमन्त्रीका पे्रस सल्लाहकारले जनाएका छन् । तर मोटरसाइकलमा यात्रुहरु बोक्न नदिएको गुनासो सुनिएको छ भन्दै यसमा रोक नलगाउन निर्देशन दिएको उनको भनाई छ ।

    प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय योजना आयोगको एक कार्यक्रममा उपस्थित भएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादल दुबै जनालाई त्यस्तो निर्देशन दिएका हुन् ।

    मोटरसाइकलमा सवार व्यक्ति प्यासेन्जर हो वा हैन भनेर छुट्याउने कुनै संयन्त्र नभएको भन्दे प्रधानमन्त्री ओलीले यो विषयलाई बढ्ता नउचाल्न र यथास्थितिमै राख्न मन्त्री महासेठलाई निर्देशन दिएका हुन् ।

    निश्चित विधि र नियम बनाएर यसलाई लागू गर्नुपर्ने बताउादै प्रधानमन्त्री ओलीले भ्रम सिर्जना गर्नेखालका गतिविधि नगर्न मन्त्रीहरुलाई भनेका छन् ।

    मन्त्रीहरुमाथि प्रधानमन्त्री ओलीको प्रश्न थियो- ‘मोटरसाइकलको पछाडि बसेको मान्छे बहिनी, श्रीमती हो कि ? कोही आफन्त हो कि ? वा अरु नै हो भनेर कसरी छुट्याउने ?’

    प्रतिक्रिया
    थप समाचार