Online Nepal सोमबार, बैशाख १७ २०८१

एमालेको महाधिवेशन २ दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो

एमालेको महाधिवेशन २ दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनको हुँदा डेढ करोड खर्च बढेको उनले जानकारी दिए ।

     

    ‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बिँदा नौ करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ’, तामाङले भने, ‘सहमतिमै नेतृत्व चयन हुने अनुमान थियो, त्यसैअनुसार तयारी गरियो । तर चुनाव नै हुने भएपछि खर्च बढ्यो ।’

     

    प्रतिक्रिया
    थप समाचार