Online Nepal आइतबार, बैशाख २३ २०८१

सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु


मध्यान्तर
  • सोमबार, फाल्गुन २ २०७८

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् ।

    बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

    सत्ता गठबन्धनले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार