Online Nepal आइतबार, बैशाख २३ २०८१

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, फाल्गुन ३ २०७८

  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

    बैठक आज बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए। यसै सन्दर्भमा छलफल गर्न कांग्रेसले स‌ंसदीय दलको बैठक बोलाएको हो। प्रतिनिधि सभा बैठक बुधबार बस्दैछ।

    यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।

    प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि काउन्टरमाु केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार