Online Nepal आइतबार, बैशाख २३ २०८१

संसदिय समितिमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

संसदिय समितिमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहभागी हुँदै


मध्यान्तर
  • मंगलबार, फाल्गुन ३ २०७८

  • काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी  हुने भएका छन् । व्यवस्थापन समितिको मंगलबारको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

    धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए ।

    विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

    विगतमा पनि कार्यसूची र विषयवस्तुका गाम्भीर्यताका आधारमा समितिका बैठक संयुक्त बस्ने गरेको तथा त्यस्ता बैठकमा सभामुखको पनि उपस्थितिको अभ्यास भइसकेको बताइएको छ ।

    राष्ट्रियसभा मातहत दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार