Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बाबुराम भट्टराईको लीलामणि पौडेललाई प्रश्न :”जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने”

बाबुराम भट्टराईको लीलामणि पौडेललाई प्रश्न :”जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने”


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चीनका पूर्व पूर्वराजदूत लीलामणि पौडेलको आलोचना गरेका छन् ।
    उनले ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ’ भन्दै पौडेललाई प्रश्न गरेका छन् । ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरू बीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भुमरीलाई मलजल गर्ने रु सबै गम्भीर बनौँ ’, उनले पौडेललाई कटाक्ष गर्दै भनेका छन् ।

    पूर्वराजदूत पौडेलले एमसीसीमा रहेका राष्ट्रघाती सर्त मानेर स्वीकार गर्न नसकिने बताएका थिए । शुक्रबार काठमाडौमा एमसीसीबारे आयोजित कार्यक्रममा उनले एमसीसीमा रहेका सर्तहरू नेपाल सरकार र नेपालको संविधानभन्दा माथि रहने खालका भएकाले त्यसलाई स्वीकार गर्न नसक्ने पौडेलले बताएका थिए ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार