काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
यही जेठ २८ गतेदेखि जसपाले जजनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।