Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने भएको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको अडान राखेपछि उक्त समिति तयार गरिने भएको हो ।

    संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका हुन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ ।

    संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका समान दुई जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

    दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार