Online Nepal बुधबार, जेष्ठ २ २०८१

पार्टी पुनर्गठन अनिवार्य : डा. भट्टराई

पार्टी पुनर्गठन अनिवार्य : डा. भट्टराई


मध्यान्तर
  • मंगलबार, असार २८ २०७९

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।

    मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि भने, ‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

    पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले दुई विकल्प अघि सारेका छन् । पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने । दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।

    भट्टराईले भनेका छन्,‘बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार