Online Nepal शुक्रबार, बैशाख २१ २०८१

असोज १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

असोज १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने


मध्यान्तर
  • बिहिबार, भाद्र ३० २०७९

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ।

    महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान प्रतिबन्ध लगाउने भएको हो।

    सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन महानगरपालिकाले सबैसँग आग्रह पनि गरेको छ।

    सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरपालिकाले जनाएको छ।

    सूर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन० गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार