Online Nepal शुक्रबार, बैशाख १४ २०८१

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर एवं एमाले नेता  द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    आइतबारअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा बोलाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।
    चौधरी नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर हुन् । उनी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मा‌ओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा छन् ।

    उनीसँगै देवु सदा, जयराम सदा, पुरेक सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, सूर्यनारायण चौधरीलगायत नेता तथा कार्यकर्ता एमाले छोडेर माओवादी प्रवेश गरेका हुन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार