Online Nepal आइतबार, बैशाख २३ २०८१

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


मध्यान्तर
  • बिहिबार, कार्तिक १७ २०७९

  • काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। अन्तरास्ट्रिय सचारध्यमका अनुसार तेहेरिक ए इन्साफका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री खानको खुट्टामा गोली लागेको छ।
    केही सातादेखि जारी दोस्रो लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो।

    पज्जावको वजिराबादमा यो घटना भएको हो। गोली चलाइएपछि उनी र अर्का सांसदसहित चारजना घाइते भएका छन्।

    पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका क्रममा इमरानमाथि आक्रमण भएको हो। पाकिस्तानी टेलिभिजन जियोले इमरानको खुट्टामा गोली लागेको उल्लेख गरेको छ।

    घटनालगत्तै पुगेका एक डाक्टरलाई उद्धृत गर्दै जियोले जनाएअनुसार इमरानलाई अहिले अस्पताल लगिएको छ।

    गोली चलेपछि अहिले इमरानको र्‍यालीमा तनाव भएको छ। त्यहाँ परिचालित सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

    कन्टेनरमा अन्धाधुन्धा गोली चलाएका ती व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरिसकेको छ ।

    इमरानले सरकारविरुद्ध लङ मार्च थालेपछि पाकिस्तानको राजनीति गर्माएको छ।

    यस लङ मार्च सुरु भएयता अलग-अलग कारण एक महिला पत्रकारसहित तीनजनाले ज्यान गुमाइसकेका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार