आज एमाले स्थायी कमिटी बैठक बस्दैछ । ओली निवास वालकोटमा बिहीबार १ बजे बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

मुख्यगरी आजको बैठकमा पार्टी एकता र नयाँ सरकार गठनको विषयमा छलफल हुने बुझिएको छ । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा दुइ नेताबीच एकताको मोडालिटीका विषयमा पनि गम्भीर छलफल भएको थियो । त्यसबारेमा पनि आजको बैठकमा अध्यक्ष ओलीले ब्रिफिङ गर्ने छन् । यसैगरी प्रदेश सभामा विजयी हुने उम्मेदवारको सूचीका बारेमा पनि छलफल हुने एक नेताले बताए ।