Online Nepal बुधबार, बैशाख १९ २०८१

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै ढकाल निर्वाचित

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै ढकाल निर्वाचित


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । आज सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै विजयी हाँसिल गरेका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र प्रतिस्पर्धी विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।

    उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताहरु प्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचन प्रचार प्रसारको क्रममा विरोधीहरुले विगतमा विकास भएन भन्ने भ्रम फैलाएको भन्दै त्यो भ्रम सहि नभएको बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार