Online Nepal सोमबार, बैशाख १७ २०८१

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल


मध्यान्तर
  • बिहिबार, पुष २८ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् ।

    बिहीबार दिउँसो ३ बजेका लागि तय भएको सत्ता साझेदार दलको बैठकअघि आफ्नो पार्टीकोतर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नाम र मन्त्रालय टुंगो लगाउन ओली वान टु वान बसेका हुन्।

    प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् । गठबन्धनमा आबद्ध दलहरुसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको जनाएको छ ।

    प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । वुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार