Online Nepal शुक्रबार, बैशाख १४ २०८१

मधेस प्रदेशसभा प्रतिपक्षविहीन, मुख्यमन्त्री यादवले पाए सबै सांसदबाट विश्वासको मत

मधेस प्रदेशसभा प्रतिपक्षविहीन, मुख्यमन्त्री यादवले पाए सबै सांसदबाट विश्वासको मत


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा यादवले कांग्रेससहित सबै दलको विश्वासको मत पाएका हुन् ।

    मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएसँगै मधेस प्रदेशसभा प्रतिपक्षविहीन बनेको छ । प्रदेशसभामा रहेको १० राजनीतिक दल र स्वतन्त्र सांसदहरुले यादवलाई विश्वासको मत दिएका हुन् ।

    मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा बुधबार प्रदेशसभामा उपस्थित १०२ जना सांसदमध्ये उनको पक्षमा १०२ जना सांसदले मत दिएका हुन् । विपक्षमा कुनै पनि मत परेको थिएन । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ ।

    जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा ९एस०, माओवादी केन्द्र, नेससपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार